प्रधानमन्त्री ओलीद्धारा रचित नयाँ गीत ‘बन्छ नमुना नेपाल’ भिडियो सहित

328
फाइल तस्बिर

जेठ १५,
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख समेत रहेका लोकप्रिय सङ्गीतकार प्राज्ञ अशोक राईले प्रधानमन्त्री ओलीको उक्त गीतमा सङ्गीत गरेका छन् । उनका दर्जनौँ कविता तथा गीत प्रकाशित छन् । विदेशिएका जनशक्तिलाई स्वदेशमै फर्काएर यहीँ रोजगारी सृजना गरी देशविकासमा लगाउने भावधाराको यस गीतमा प्रधानमन्त्री ओलीको देश विकास र समृद्धिप्रतिको सुन्दर सपना र सङ्कल्प प्रष्टसँग कुँदिएको छ ।

देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीत लोकप्रिय युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको सुमधुर स्वरमा सजिएको छ । शब्द, सङ्गीत, गायन र दृश्यको बेजोड संयोजन रहेको उक्त गीत सङ्गीतकार राईको साङ्गीतिक समूह अन्तराको युुट्ुब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।