Monday, September 28, 2026
Home समाचार आज मात्रै १५६ जनामा संक्रमणः नेपालमा १०४२ जनालाई कोरोना

आज मात्रै १५६ जनामा संक्रमणः नेपालमा १०४२ जनालाई कोरोना

124

जेठ १५,
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । नेपालमा कोरोनाबाट ५ जनाको मृत्यु भईसकेको छ ।