-प्रकाश कुमार कार्की
मुलुकमा विद्यमान कयौं क्रियाशील राजनीतिक दलहरु मध्ये नेपालीकांग्रेस सबैभन्दा जेठो राजनीतिक दल हो । पटक – पटकको लोकतान्त्रिक आन्दोलन, संघर्ष र कयौं युगान्तरित क्रान्तिका अभियानमा एक मुख्य पात्र पनि हो । जब जब मुलुक अत्यन्तै गम्भीर मोडमा मोडिन्थयो, मोडिएको व्यवस्थाले जन्माइदिएका तानाशाह अनि तिनका बेथिति, बेइमानी, भष्टाचार गुणस्तर हिनताले देशलाई आक्रान्त पार्दै, नेपाली जनताका हक अधिकार हुदै प्रजातन्त्रको धज्जी उडाउने कार्य हुन्थ्यो । सीमित स्वार्थका नाउँमा वा त राष्ट्रियताका नाउमा अन्तराष्ट्रिय शक्तिमाझ लम्पसार हुदै मुलुक अनि मुलुकवासीको अस्तित्व समाप्त हुने अवस्थाबाट मुलुक, मुलुकवासीलाई बचाउदै राष्ट्रियता, प्रजातन्त्र र सामाजिक न्याय सहित देशको आर्थिक अवस्थालाई सुद्धढ तुल्याउनका लागि मुलुकलाई सुसासनको बाटोमा अग्रसर गराउने एकमात्र गर्बिलो राजनीतिक दल नेपाली कांग्रेस हो ।
इतिहासदेखि बर्तमानसम्म, यानिकी २००७ सालमा राणाहरुको जाहनिया शासनका बिचबाट प्रजातन्त्रको झण्डा फर्फराउन, प्रजातन्त्र प्राप्तिको लागी गरिएको त्यो क्रान्ति होस, यात राजाबाट खोसिएका प्रजातन्त्रलाई पूनः थापनाका लागि त्यो इतिहासकै पहिलो जनआन्दोलन हुदै १२ बुदेँ सहमतिबाट मुलुकलाई निकास दिलाउन र दास्रो जनआन्दोलनको बलमा मुलुकमा गणतन्त्रको स्थापनाका लागि काङगेस अनि काङगेसका कयौँ यौद्धाहरुका गथा वास्तवमा नै नेपाली राजनीतिको इतिहासमा सुनौला अक्षरले लिपिवद्ध भएका सत्यवाट हामी भाग्न कदापी सक्दैनौ । स्पष्ट विचारको कुरा गर्दा नेपाली काङग्रेसको साच्चै नै नेपाल र नेपालीको सम्पुर्ण हित पहिल्याएर देशभित्रका हरेक क्षेत्र र विदेशी नीतिमा समेत स्पष्ट र राष्ट्रयोगी विचार दिन सक्ने राजनीति पार्टिका रुपमा आफूलाई स्थापीत गरेको थियो । नेपाली कांग्रेसजसका सस्थापक नेताहरुले बाचुञ्जेल दिनुभएका मार्गदर्शन र दिशाबोधलाई यदि साचिकै गम्भीरतापुर्वक अध्ययन गर्ने हो भने मुलुकको राजनीतिक सामाजिक, आर्थिक हरेक क्षेत्रको अपेक्षित उन्नती र सामाजिक न्यायको आगि प्रयापत थियो । कारण आजका दिनसम्म पनि नेपाली कांग्रेस जिवित हुनुको पछाडि यही मार्गदर्शन र दिशाबोधनै प्रथम रहेको पाउछौँ ।
संस्थापक नेता विचार अनि महान चिन्तनका महान व्यक्ति बि.पी कोइराला, साहस अनि निस्वार्थका प्रतिक नेपाल राजनीतिक इतिहासमा लोह पुरुषका नाउबाट सपरिचित गणेशमान सिहं, त्याग, कुशल बुद्धिका प्रनेता कुष्ण प्रसाद भट्टराई, संगठनमा ज्यामी माहुरी जस्तै काम गर्ने सुवर्ण शभ्शेर गिरिजाप्रसाद कोइराला एंब संविधान पिता सुशील कोइराला र यसका कयौँ बीर साहसी लाखौ लाख ज्ञात अज्ञात सहिद र कार्यकर्ताहरुको त्यो इतिहासमा गरिएको अथक प्रयास हो आजको दिनसम्म पार्टिको ठाडो शिर हुनुमा प्रमुख मान सक्छौँ । तत्कालिन समयमा कांग्रेस जनताको साहस थियो भने मुलुकको चौतर्फी विकासको सारर्थी थियो । सायद लाखौलाख कार्यकर्ताको अनि ति तमाम सर्मथकहरुका अन्तरमनको आवाज सुन्ने तत्कालिन कांग्रेस थियो होला र तत्कालिन समय कांग्रेसको हितमा थियो ।
पटक–पटक मुलुकको नेतृत्व गरेको कांग्रेसले कयौ जनआन्दोलन बमोजिमका कयौ कार्य गरेको पनि हामी सबैमा सर्वविधितै छ । जनपेक्षा बमोजिम गरिएका कयौ कार्यका प्रतिफल कांग्रेस पटक–पटक बहुमत हुदै जनताबाट संसदमा दुई तिहाइ मत प्राप्त गर्न सफल भएको थियो ।
तर यस्तो जनअपेक्क्षा बमोजिम कार्य गर्ने कांग्रेस २०६३ सालको इतिहासिक परिवर्तनपछि सायद आफ्नो आदर्श, दर्शन, सिद्धान्त, मुल्य मान्यता र प्रस्ताव विन्दबाट धेरै टाढा पुगेको देखिन्छ । जसको प्रतिफल बर्तमान अवस्थामा कांग्रेस आफैमा एक अस्तव्यस्थ कांग्रेसका रुपमा देखिन्छ । तत्कालिन ३० वर्ष पञ्चायती कालरात्रीमा पनिकांग्रेसअहिले जति कमजोर कहिल्यै भइको थिएन ।
पार्टिको गौरवशाली इतिहास भएता पनि पटक पटकको अबस्था वा बिभिन्न आयाममा बर्तमान नेतृत्व नराम्री चुकेको पाइन्छ । बास्तवमा नै भन्ने हो भने राजनीति भनेको समाजसेवा हो । एक इमान्दार समाजसेवी भएर मुलुक अनी समाजका तमाम बेथितिहरुलाई समाप्त गरी बिधि, नियम, कानुन अनि न्यायलाई जनताको पहुचमा दिलाउन अह्म भूमिका एक राजनीतिले रामनीति मार्फत गर्ने हो । अझ लोकतान्त्रिक दल अनि लोकतान्त्रिक दलका नेताहरुमा त विधि नियम कानुन अनि न्याय तिनका प्राण हुनु पर्दछ । आफूलाई लोकतान्त्रिक दलका नेता भन्ने अनि विधि नियम अनि कानुन र न्यायलाई लट्याउदै जादा अन्तत नेताको हुदै त्यो लोकतान्त्रिक दलको अस्तित्व समाप्त हुनेमा कुनै दुईमत रहदैन । चाहे इतिहास बोकेको गौरवशाली पार्टि नै किन नहोस जुन बास्तवमा नै वर्तमान कांग्रेस संग दुरुस्त मीलदो जुल्दो देखिन्छ । पटक–पटकको आन्दोलनको मुलमर्म र लक्ष्यलाई आन्दोलनपछि पार्टीले आन्दोलनका ति तमाम आर्दश सिद्धान्त र नीति बिर्सेर गलतमाथि गलत निर्णय गर्दै सभापतिको कांग्रेसमा मनामानी चल्नाले आज वर्तमान कांग्रेसकेै अस्तित्वलाई निहाल्न सक्छौं ।
निरङकुश शासनको दमनचक्रमा अनन्त कालदेखि पिल्सिइ आत्म स्वाभिमान र ब्यक्तित्वले हीन भएका नेपाली पुस्तालाई त्यो दमनचक्रबाट उत्मुक्ति दिलाउने कांग्रेस, त्यो अत्याचारी शासकवर्गको दासत्वको सिक्री चुडाली प्रजातन्त्रको मार्फत समाजिक न्यायका लागि लड्ने कांग्रेस तिनका तमाम कार्यकर्ताहरु आज आफैले पार्टिका सभापतिको निरङ्कुशताको सिकार भएका छन् । तमाम तिनका सघर्षमय योगदानको आफनै पार्टिका नेतृत्वबाट अमुल्यन भएका पाउछन् । हिजो निरङ्कुश शासकको शासनको गन्ध आज ति तमाम कार्याकताहरुले आफ्ना पार्टी भित्र विशेष गरि आफ्नै सभापतिबाट पाउन थालिरहेका छन् । हिजोका तमाम कार्यकर्ता अनि तत्कालिन समयका निष्ठा त्यागि अनि इमान्दारीताले नै नेपाली कांग्रेस अनि लोकतन्त्र एक अर्काका परिपुरक हुन भन्ने कुरालाई सिद्ध गरिदिएको थियो । त्यो वर्तमान सभापतिले बुझन पटक्कै नसक्नु नै वर्तमान कांग्रेसको अवस्थालाई लिन सक्छौ । अझ नेतृत्वमा बसेका सभापतिबाट तमाम कर्याकर्तालाई साझा सम्मानका रुपमा लिइएर तमाम पार्टिभित्रका त्यस्ता विकृति र बिसंगतीलाई सदाका लागि अन्त्य गर्दै पार्टिलाई सहिदिशामा डोहा¥याउनु पर्ने ठाउँमा आफै घरको अभिभावक भएर कसैलाई काखा र कसैलाई पाखाका ब्यवहार गर्दै आफ्नो जाहनीय एकतन्त्रीय शैलीमा लादनाले आज कांग्रेस भित्र पनि कयौ छोटा बढा कांग्रेसहरुले बढवा हुने मलजल पाएका छन् । सुन्दा पनि अचम्म लाग्छ, कांग्रेसभित्र पनि कयौ छोटा अनि बढा कांग्रेसी ।
हिजो दरवारमा देखिएका कयौ छोटा अनि बढा महाराजका कारण दरबारको अवबथालाई पनि बर्तमान कांग्रेसले नजरअन्दाज गर्न पटक्कै मिल्दैन । आज देखिका साना–साना आगाका झिल्काले भोलिका दिनमा ठूलो डदेलोको सामान गर्नु पर्ने दिन नआउला भन्न सकिदैन सत्य तितो हुन्छ तर वास्तमा सत्य यहि हो । लोकतान्त्रिक प्रकियाबाट सत्तामा पुगेका सभापतिको सक्तारोहण पछि तिनका अधिकाश सभापतित्बको अवधिमा तिनको अभिव्यक्ति र व्यवहारमा ब्यक्ति अहंकारका ग्रन्ध प्रसस्त देखिएका कयौ उदाहरण हामीमा जीवितै छ । लाग्छ लोकतान्त्रिक पार्टीका सभापति नभएर कुनै निरंकुश शासन व्यवस्थाका शासक जस्तो ।
प्रजातन्त्र वा लोकतन्त्र भनेकै बहुमत छ भन्दैमा जे पायो त्यही गर्ने होइन कि अल्पमतको भावना अनि बिचारको पनि उचित ठाउँ हुनुपर्छ भन्ने कांग्रेस र आफूलाई लोकतान्त्रिक पार्टीको दाबा गर्ने कांग्रेस नेतृत्व यो मानेमा पटक–पटक चुकेको देखिन्छ । कांग्रेस नेतृत्वबाट लोकतान्त्रिक मान र मर्यादालाई अपमान गरिदै कयौ पटक गरिएका एकलौटी निर्णयका कारण संमग्र पार्टी नै अनिर्णयको बन्दीमा पुगेका कयौ उदाहरण हामी माझ रहिनै रहेको छ । कयौ अनिर्णयको बन्दीमा पार्टीलाई मुक्त गरेर चलायामान बनाउने सोचमा न पार्टी नेतृत्वनै कहिलै देखियो न त पार्र्टी भित्र नेतृत्वका गुटमा रमाएका तमाम साथीहरु नै । गल्तीलाई सच्चाएर पार्टीलाई चलायामान बनाउने सोचमा भन्दा पनि सभापतिको रोवरमा भएका जे जस्तो निर्णय पनि पार्र्टी भित्रका यदि वास्तविक कांग्रेस हुन् भने त्यो निर्णयलाई मान्नै पर्छ भन्ने जस्तो न विचारमा तर्क न त व्यवहारिक पाटोमा तर्क नेै राख्ने अभिव्यक्ति दिदै बिनाकाममा द्धन्द्धको सिर्जना गर्ने कार्य वर्तमान कांग्रेसको वास्तविक बिशेषता नै भइरहेका देखिन्छ । अहिले तमाम देशका कार्यकता अनि, अनि जनताले पार्टीको भविष्यका बारेमा चिन्ता व्यक्त गरिराखेका वेलामा पार्टी एकहोस पार्टिकाका तमाम बेथितिहरु आन्तरिक सहमति र सहकार्यबाट समझदारीका मार्गको दिसामा पुगोस भनेर चिन्तन गरिरहेको वेलामा नेतृत्वले यसका लागि पहल दाहि कडम चालि पार्टीलाई स्पष्ट दुष्टिकोणबाट बढाउनु पर्नेमा आज पार्टी नेतृत्व आफै गुटको खेतीमा प्रमुख पात्रका रुपमा देखिएका छन् ।
नेतृत्वको यस्तै कारण आज कांग्रेस कतै सभापतिको नीजि कम्पनी त होइन भन्ने जस्तो भान सम्म हुन थालिरहेको छ । लोकतान्त्रिक पार्टि जो आफूलाई छनोटमा भन्दा पनि चुनावमा बिश्वास राख्द छ, स्वयम् भित्र आज चुनाव को त कुरा परै जाओस छनोटमा पनि अलोकन्त्रिक तबरवाट ब्याप्त देखिन्छ । पार्टिको सर्वमान्य धर्मग्रन्थ भन्दा खासै फरक नपर्ने त्यो बिधि बिधान सबै आफू अनुकुल प्रयोग गरिन थालियो । पार्टीको धर्मग्रन्थको सट्टापार्टी भित्र ब्यक्ति अंलङकारका धर्म ग्रन्थहरु च्याउसरी उमारिन थाल्यो । देशका तमाम कांग्रेस सुभचिन्तकहरुले कांग्रेस भविष्यका बारेमा चिन्ता प्रकट गरिरहेको वर्तमान अवस्थामा वर्तमान नेतृत्वलाई ति तमाम कार्यकर्ताको भविष्य, मुलुकको अवस्था अनि कांग्रेसको ति गर्विलो इतिहास प्रति रति सम्म पनि चिन्ता देखिदैन । यसको परिणाम स्वस्प दिनप्रति दिन कांग्रेस आफै अन्तरिक द्धन्दको सिकार भइरहेको छ । जसले कांग्रेसलाई उहि गर्विलो अवस्थामा पु¥याउनका लागि कयौ सकसको सामना गर्नुपर्नेमा कुनै दुईमत छैन ।
कांग्रेस र लोकतन्त्र एक अर्काका परिपुरक हुन । लोकतन्त्र बिना कांग्रेस जिबित रहन सक्दैन भने कांग्रेस बिना लोकतन्त्रको स्थाइत्वलाई दिगो हामीले प्रदान गर्न पटक्कै सक्दैनौ । लोकतान्त्रिक प्रक्रिया र पद्धति कांग्रेसले अङ्गिकार गर्ने धर्म हो तर आज १० औ वर्ष देखि रिक्त भातु सगंठनको लोकतान्त्रिक तबरले आज दिनसम्म पनि अधिबेशन गर्न नसक्नु नेपाल बिद्यार्थी संघको दहिनय अवस्थामा पु¥याउनु, बिधि बिधान संगत लोकतान्त्रिक क्रान्तिको उच्चतमा बिन्दुको आन्दोलनलाई आत्मसाथ गर्दै आमरण अनशनवसेका तमाम विद्यार्थीलाई अनशनरत अवस्थामा पुगि निर्देषित तबरले हातपात गर्दै, पार्टि कार्यलयमा देखाइएको त्यो ताण्डव नृत्यले प्रष्ट इन्कित गरिरहेको छ , कांग्रेसभित्र हराउदै गएको त्यो लोकतन्त्र । भातु संगठनको समयावधिमा अधिबेसन गर्न नसक्नु र समयबधि सकिदा सम्म पनि नेतृत्वले विशेष पहलदायी कदम चाल्न नसक्नु नै वर्तमान नेतृत्वले कस्तोकांग्रेस निर्माण गर्न खोजिएको हुन ? यो प्रश्नले बास्त्बमानै तमाम ककांग्रेसलाई सोचमा पारिराखेको छ ।
लोकतान्त्रिक पार्टि अनि नेतृत्वको कायैशैली पेलाह नीतिमा देखिदा आज कांग्रेस आफै आफ्नौ चौधेराको सकसमा मात्र रुमलिएको छ । सभापति निर्वाचित भएको पनि लगभग ४ वर्ष पुरा हुन लागिसकेको छ तर, आजकादिन सम्म पनि संगठन र विभागले लोकतान्त्रीक तबरले नबन्नु, संविधान मुलुकले प्राप्त गरिसकेपछि पनि उहि संंबैेधानिक संरचनामा पार्टीले आप्mनो बिधानलाई मुर्तरुप दिन नसक्नु, दिन दुई गुणा र रात चार गुणा दरले झागिदै गइरहेका गुतलाई समाधानको दिशामा पु¥याउन नसक्नु, नै कांग्रेस नेतृत्व प्रति उभिएका कयौ प्रश्नहरु हुन् । प्रकृयाबाट नेतृत्वमा पुगेका नेतृत्वले समान दुष्टिकोणले सबैलाई समान अबसर दिलाउन नसकनुनै आफैमा असफलताको संकेत हो । अभिभावक भएर स्वयं अभिभावकको मान मर्यादा बाहिर बस्नाको प्रतिफल हो बर्तमान कांग्रेसको अवस्था । जो बोल्न लेख्न विश्लेषण गर्न सक्छन, जो ज्यामी माउरी जसरी काम गर्न सक्छन ति नेतृत्वमा छैन अधिकांश सबै बहिरगमनको सिकार भएका छन् । यदि पार्टिमायोगदान बोकेकाहरु अधिकांश बहिरगर्मनको सिकार हुने र भित्रका निकम्माहरु बिच मात्र यदि सत्ता साटा साट हुने हो भने महाधिबेशनबाट चुनिएका र निर्बाचित भएका बाट पनि कांग्रेसले कुनै काचुँलि फेर्न सक्दैन । प्रश्न महाधिबेशन पनि होइन अब प्रश्न महाधिबेशनबाट पार्टिले शासकिय क्षेत्रता, योगदान अनि इमानलाई जोडन्न सक्छ कि सक्दैन हो । यदि महाधिबेशन मार्फत तमाम बेथितिलाई लट्टयाएर शासकीय स्वस्प, इमान जमान अनि इमानदारितालाई आत्मसाथ गरेमा मात्र गर्बिलो इतिहासीक कांग्रेसले फेरि सार्थकता प्राप्त गर्दछ ।
हिजोका समयमा पलाएको कम्युनिष्टहरु जो तत्कालीन समयमा हातका औलामा सिमित रहेको तिनका संगठन आज दिन दुई गुणा र अझ रात चौगुणा दरले तिनका संठगन र राज्यका संसद संख्याको दुई तिहाइका रुपमा उभिएका छन् । संघिय संंरचना ७ प्रदेशीक प्रतिनिधित्वमा लगभग बहुमतको अवस्थामा नै देखिन्छ । प्रश्न यो कम्युनिस्तहरु यसरी झागिनको पछाडि कारण के त ः कारण तिनका बिकास निर्माणका अबधारणा वा ता तिनका संगठननिक संगठनको समरचना, यात तिनकाजनताप्रतिका अतुलनिय योगदान बास्तबमा नै विश्लेषण गर्ने हो भनेकांग्रेसभित्रको आन्तरिक सकसको प्रतिफल कम्युनिष्तलाई फाइदा, बास्तबमा नै भन्न हो भने दाजुभाइ फूटे गवार तुटे । तत्कालिन संस्थापक नेताहरुले जम्मा गरिदिएको सावाको व्याजमा सिमित रहेको कांग्रेस जसले ब्याजका नाउमा सावाको पनि कुनै पर्वा नगर्दाको परिणामका रुपमा लिन सक्छौ । कम्युनिष्टहरुको भ्रमको खेतीबापत देखिएको दुईतिहारको प्रतिनिधित्ब गरेका छन् । यसरी २०५१ साल, २०५६ र २०६४ को निर्वाचनमा कांग्रेस दोस्रो हुदै २०७० को प्रतिपक्ष भन्ने स्थानमा आइपुग्नुको कारण मध्यका प्रमुख कारणका रुपमा लिन सक्छौ । कांग्रेसले मुलुक अनि मुलुकबासीलाई उच्च राजनीतिक भिजनका साथ बिश्वास दिलाउन नसक्नु दोस्रो जनआन्दोलनको समाप्ती प्रश्चात मुलुकले पाएको चार कम्युनिष्त प्रधानमन्त्रीबाट मुलुकले संविधान प्राप्त गर्न सकेन र तत्कालिन समय संविधान दिलाएर मुलुकलाई राजनीतिक निकासबाट मुक्त गराउने कार्य कांग्रेस नेतृत्व बाटकांग्रेसको प्रधानमन्त्रीको कालमा नै भएको थियो । जुनलाई कार्य फेरि सावाको विस्कुन सुकाए सरि सुकाएर वर्तमान कांग्रेसहरुको रमाउने प्रवृति र सावाको ब्याजमा रमाउने सोचका कारण कांग्रेसले आफूलाई समय अनुकुल परिवर्तन र उभ्याउन सकिरहेको छैन ।
परिवर्तनका लागि नविन नेतृत्वपार्टीले भूमिका निभाएता पनि पार्टी संगठन भित्र भन्ने नबिन सोच अनि शैलीलाई बढवा दिनेमा एकदम पछाडि पर्नाले आज भ्रमका खेतीमा रमाएका कम्युनिष्टहरु यसरी रमाउन पाइराखेका छन् । कांग्रेसको नविन सोच अनी नेतृत्वपाटीे भूमिकाको अकर्मन्यताबाट रमाएका कम्युनिष्टका सिकारको चङगुलमा परेको छ देश अनि जनताको भविष्य । स्वतन्त्रता राष्ट्रियता समाजवादलाई आफ्नो धर्म ठान्ने कांग्रेसले आज कम्युनिष्टका कारण हा¥र्यौ, कम्युनिष्टका एकताका कारण कांग्रेसको कम प्रतिनिधिको बाटो तय भयो भनेर आज भन्नु आफैमा एक हास्यको पात्र देखिन्छ । अनि कांग्रेस बैठकबाट कांग्रेसको प्रतिपक्षको भुमिका बाटोको निचोड कारण यसलाई मानु आफैमा एक लज्जाका रुपमा लिनु पर्ने हो । इतिहासमा कयौं कर्म अनि बलिदानका आधारमा कांग्रेसले लाखौं लाखौं नेपाली जनताको मनमा बिश्वासको बास बनाउन सफल भएको थियो ।
तर, आजका समय परिवर्तित अनुसार आफूलाई अनुकरण गर्न नसक्नाले कांग्रेसको त्यो सावा पनि डुब्ने खतरामा रहेको मात्र हो अनि कांग्रेसको बिकल्पमा कदापि कम्युनिष्टलाई जनताले बिश्वास गराएका चाहि पटक्कै होइन । कांग्रेसको कमजोर प्रस्तुती कांग्रेसको अन्तरिक कलह अनि कांग्रेसले कम्युनिष्ठको भ्रमलाई नेपाली जनताका सामु चिर्न नसक्नाले त्यो भ्रमको वाढीका रुपमा कम्युनिष्ट आफूलाई केहीप्रतिशतका रुपमा झङगाउन पाएका हुन । कांग्रेसको स्थापनाकाल देखि नै आफैसंग हुर्किदै आएको कम्युनिष्ठलाई उसले कहिल्यै पनि आफ्रनो प्रतिस्प्रधिका रुपमा लिएन भने हरेक अवस्थामा कांग्रेसले सामान्य ढंगमा लिनाको प्रतिफल हो वर्तमान कांग्रेस । यो सत्य हो मुलुकलाई र नेपाली जनतालाई पटक पटक पिल्सिएको त्यो कालोखण्डबाट मुक्त गराउने कार्य नेपाली कांग्रेसबाट भएको हो । राजनीतिक गन्तव्य बिहिन भएको मुलुकलाई पटक पटक राजनीतिक रोडम्यापमा ल्डान गराउने कार्य नेपाली ककांग्रेसबाट नै भएको हो । परिवर्तित समय अनुसार कतै ककांग्रेसहुदै जानुको कारण यो त होइन भनेर कयौ विश्लेषणका पाटा देखिएका छन् । मुलुक र नेपाली जनताले कांग्रेसको भविष्य बारे चिन्ता ब्यक्त गरिराखेको बखत यसका सारर्थीहरुलाई मात्र पदियलोभको मातले सताउने गरिएको धुव्रसत्य हो । पदिय सपना अनि कयौँ राजनीतिक किचोलो बाट मुलुकलाई बाहिर ल्याउने साहस मात्र नेपाली कांग्रेसमा रहेको सत्यबाट पनि टाढा भाग्न कडापि सक्दैनौ । कांग्रेस भ्रममा जिउन कडापि जान्दैन , सत्यतत्यमा आधारित वहस केन्द्रित रहने भएकाले केहि समयका लागि कांग्रेसको बहस तितो भएको हो कारण सत्य वास्तवमा नै तितो हुन्छ ।
पलपल नेपाली कांग्रेसबाट नेपाली जनताले र मुलुकले कयौ अपेक्षा गरेका छन् । नेपाली कांग्रेसको यो मुलुक अनि जनताप्रतिको कयौँ लगानिलाई यति सजिलै अभमृल्यन गर्न कडापि सक्दिैन । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक अनि चौतर्फि विकासका लागि मात्र लोकतन्त्रमा निर्भर परेको हुन्छ । लोकतान्त्रिक पार्टिको कमजोर प्रस्तृति रहेमा ति तमाम आर्थिक, सामाजिक अनि राजनीतिक बिकासनै मलजल हुन पाउदैन । अझै केन्द्रिकृत भएर भन्ने हो भने त कांग्रेस बिनाको मुलुकलाई कल्पनाको पाटामा पनि राख्न सकिदैन । मुलुक र जनताको पलपलको सारर्थीका रुपमा तत्कालिन समयमा रहेको कांग्रेसले आज फेरि उही सारर्थीको भुमिका देखिनु पर्नेमा अधिकाशं नेपाली जनताका एकै स्वर रहेको छ । राजनीति भनेको चुनावका जनताले दिलाएका मतका आधारमा मात्र आफूलाई शक्तिमा केन्द्रित गरिनु एक भ्रम हो किनभने त्यो मतमा राजनीतिक चेतनाको स्थर अनि कुनै किसिमका अभाव दबाब लाई पनि मापन गरिनु पर्दछ । प्रजातन्त्र भनेको जनताको शासन, कसका लागि, जनताका लागि , कसले दिलाएका जनताले तर जनताबाट दुई तिहाईको मत प्राप्त गरेका वर्तमान कम्युनिष्ठका शासनलाई निहाल्न हो भने कुनै श्री ३ वा श्री ५ को भन्दा फरक देखिदैन । उही हिजाका निरंकुशताको गन्ध देखिन्छ ।
जस्ले प्राप्तीका कयौ बलिदानलाई अन्कुशलगाउने कार्य भएको छ । चौतफी न्यायका आडमा आफ्नालाई काखा अनि अर्कालाई पाखाका अबस्था, सरकार स्वयम विवेधकारी र दमनकारी नितिमा रहेका कयौ उदाहरणहरु हामी प्रष्ट देखिरहेको छोै । सामाजिक सदभाव अनि अन्तराष्ट्रिय शक्ति र मित्रराष्ट विच सम्बन्धको जुवाको दाउमा पु¥याउने कार्य वर्तमान दुई तिहाईको नाउमा रहेका सरकारको विशेषता देखिएको छ । सरकारको काम कर्तव्य हेर्दा भविष्यमा मुलुकलाई ठूलो युद्धको सिकारमा पु¥याउने अधिनायकबाद शैली मात्र देखिन्छ । यसको परिणाममा मुलुकलाई निकाशको बाटोमा अग्रसर गराउने एक मात्र सत्तामोह अनि पदिय मोहलाई छोडी ससत्त प्रतिपक्षको भुमिका निर्वाह गर्नुको विकल्प अर्काे छैन । पार्टि दलको इतिहासमात्र लामो भएर हुदैन भविष्यलाई लामो बनाउनु आवश्यक छ ।
कांग्रेसलाई भिजन भएका युवाको खाचो छैन, मात्र ति भिजन भएका युवालाई अवसर सिर्जना कांग्रेसले गराउने सक्नु पर्छ । परिवर्तन व्यवस्था वा त समयको जे मागेको छ माग अनुसारको भिजनलाई ल्याउन सक्नुपर्छ । कांग्रेसले भनेका कुरालाई गर्छ या त यति समयमा गर्छ भनेर नेपाली जनतालाई विश्वास दिलाउन सक्नुपर्छ ।
कांग्रेसले अब भीजन भएका युवा नेतालाई अवसरको सिर्जना गरिदिएर अधिकांश सगठानिक संरचनालाई सुन्यबाट सुरु गर्दै, सम्पुर्ण गुटगटको अन्त भएको सन्देश जनतालाई दिलाउन सक्नुपर्छ । जनतामा विश्वास दिलाउने उसको प्रमुख मिसन हुनुपर्छ भने सम्पुर्ण मिसन भिजन, उद्देश्य र कार्ययोजनाहरु पारदर्शीरुपमा जनतालाई देखाउदै अधि बढेमा गर्विलो कांग्रेस फेरि पनि स्थापित हुनेमा कुनै दुई मत छैन ।
-यो लेखकोनीजि विचार हो-सम्पादक