जो लकडाउनमा पनि निरन्तर सेवामा जुटेका छन्, दोर्जेमान जिम्मा

460

बैशाख २४,
काठमाडौं । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका घर भइ काठमाडौ मुलपानी बस्दै आएका दोर्जेमान जिम्मा एक ब्यबसायी ,समाजसेवी र राजनीतिक कर्मी हुन। सरल स्वभाव ,प्रष्ट बक्ता र सहयोगी भावना उनको परिचय बनेको छ।आफ्नो जन्मभुमि ,बसोबासस्थान साथीभाइको सुखदुःखका साथी समाजसेवी जिम्बा अहिले लकडाउनका कारण समस्यामा परेका ब्यक्ति तथा परिवारको खुशी बनेका छन् । हो,यस्तै सयौं घर परिवारलाई उनले सहयोग गरिसकेका छन ।गत हप्ता चागुनारायण १ मा ३७ घर परिवार, मुलपानीमा ३८ घर परिवार र ब्यक्तिगत रुपमा विभिन्न स्थानमा सहयोग पुर्याएका छन ।त्यस्तै खानीखोला ६ मा घर जलेका बुद्धिमान गोलेको परिवारलाई जस्तापाता सहयोग गरेका छ्न ।चागुनारायणमा नेता गणेश लामा ,मुलपानीमा सार्कीमान लामा र जस्तापाता बितरणमा पुर्बसभासद तिर्थ लामाको सहकार्यमा बितरण गरेका थिए । उनको यो अभियानमा समाजसेवी जीवन लोप्चनले पनि साथ दिएका छन् । जिम्बा नेपाली काङ्ग्रेस काभ्रेका जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि समेत हुन।

सहयोग प्रदान गर्दै नयाँ नेपाल न्युजका सम्पादक रामेश्वर ढकाल

सोमबार मन्डनदेउपुर-१ मा हामीले नयाँ नेपाल न्युज डटकमको संयोजनमा समाजसेवी जिम्बा बाट प्राप्त सहयोग हस्तान्तरण गर्दा स्थानीय गोपाल गहतराजको परिवारमा खुशी छाएको छ । गहतराजका बाबुछोरा लकडाउनको कारण रोजगारी गुमाएर घरमै बसेका थिए।घरमा अन्न सकिएको कुरा नयाँ नेपाल न्युजसंग आइपुगेपछि हामीले समाजसेवी जिम्बालाई सहयोग गर्न अनुरोधका थियौं । उनले सहयोग गरेका छन् । जुनसहयोगबाट खाद्यय सामाग्री नयाँ नेपाल न्यूजले गाउँमा नै पुगेर प्रदान गरेको छ ।