बाबुराम-उपेन्द्रलाई के भनेर प्रहरी फर्काइदियो

133

बैशाख १४,
काठमाडौं । करिब दुई दर्जन कार्यकर्ता अघिपछि लगाएर पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताहरुलाई काठमाडौं प्रहरीले फर्काइदिएको छ । आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गर्नेविरुद्ध उजुरी गर्न भन्दै पुगेका उनीहरुलाई प्रहरीले फर्काइदिएको हो । महानगरीय प्रहरी परिसर टेकु पुगेका नेताहरु राजेन्द्र महतो, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहितलाई प्रहरीले उजुरी नै नलिइ फर्काइदिएको हो।

जनता समाजवादी पार्टीका नेताहरुसहित पुगेका डा. यादवले आफ्नो ‘राजनीतिक अपहरण’ विरुद्ध किटानी जाहेरी दिने तयारी थियो । तर काठमाडौं प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिरको भन्दै उनीहरु सबैलाई फर्काइदिएको हो । नेता डा. भट्टराईका सहयोगी विश्‍वदीप पाण्डेले परिसरका एसपी र डीएसपीले जाहेरी दिने ठाउँ अन्तै भएको भन्दै फर्काइदिएको बताए । ‘जाहेरी दिने ठाउँ यहाँ होइन, महोत्तरी जाऊ भनिरहेका छन्, उनले भनेका छन्, जबकि कानुनले नजिकको प्रहरी र यथाशीघ्र समयमा जाहेरी गर्ने भनेको छ। जनता समाजवादीका नेताहरु लर्को लागेर टेकु परिसरमा पुग्दा त्यहाँको प्रमुख एसएसपी श्याम ज्ञवाली थिएनन् ।