नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो

75

बैशाख १४,
काठमाडौं । झापाका थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा भएको परीक्षणमा ५० वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यीमध्ये १६ जना निको भएर घर फर्किइसकेका छन् ।
यसअघि झापा दमककै ६२ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।