भक्तपुरका सञ्चारकर्मीलाई सुरक्षा सामग्री प्रदान

100

बैशाख ८,
भक्तपुर । सुर्यनगर टोल विकास समाजले भक्तपुरका सञ्चारकर्मीहरुलाई सुरक्षा सामग्री प्रदान गरेको छ । रिर्पोटिङ्गका सन्दर्भमा बिभिन्न स्थानमा पुग्नुपर्ने र त्यसले सञ्चारकर्मीलाई जोखिम बढाउने भन्दै समाजले सञ्चारकर्मीका लागि स्यानिटाइजर, मास्क, ग्लोब्सलगायतका सुरक्षा सामग्री प्रदान गरिएको समाजका सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोबिन्द चौलागाईले जानकारी दिए ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको लडाईमा जोखिम मोल्दै अहोरात्र कार्यक्षेत्रमा खट्ने पत्रकारहरुका लागि सुरक्षा सामाग्री प्रदान गरिएकोमा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले धन्यवाद व्यक्त गरेका छन् । समाजले भक्तपुरको सल्लाघारी क्षेत्रमा रहेका बिपन्न र दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्ने विपन्न २८ मजदुरलाई समेत खाद्यान्न सामग्री प्रदान गरिएको समाजका अध्यक्ष बालकृष्ण न्यौपानेले जानकारी दिए ।