पाँचकिलो चामल र दुई किलो दालमा आफ्नो औकात फाल्ने हामी

1133

-रमेश प्रजापति

-कोरोनाभाइरस र हाम्रो दायित्व

आज विश्व कोरोनाभाइरसले आक्रान्त छ । संयुक्त राष्ट संघमा दर्ता भएको १९३ देशहरु मध्ये सयौं देशहरुमा लकडाउनको अवस्था छ । उद्योग, व्यापार, पर्यटन, निर्माण सम्पूर्ण कुरा थप्प छन् । जव यो भाइरसको उद्गमस्थल चिनका उहान शहर यसको लपेटामा पर्दै थियो पश्चिमा देशहरुले यसलाई राजनीतिक रंग दिई भाइरसले चिनध्वस्त हुन्छ भन्दै चिनको समाजवादीउन्मुख अर्थव्यवस्थाको धजिउडादैँ थिए ।

सिएनएन, बिबिसीलगायत पश्चिमा समाचार जगतले चौध हजार जना मरेको र सामुहिक शव दहन गरिरहेको क्रुर तानाशाह सि जिनपिङ भन्दै चिनीया नेतृत्व विरुद्ध विषबमन गरिरहेको थिए । विस्तारै यो भाइरस दक्षिण कोरिया हुँदै युरोपतिर फैलियो त्यसवेला यो चाइनिजभाइरस भन्दै सम्पूर्ण रुपमा चीन विरोधी प्रचार गरिएको थियो । वास्तवमा यो भाइरस के हो ? प्राकृतिक वा जैविक हतियार? यी सवालहरुको जवाफ भविष्यमा खुल्दै जाला । यो धर्सो तानिरहेको वेलासम्म यो भाइरसले विश्वका करिब १९ लाख मानिस संक्रमित भई १ लाख २ हजार भन्दा बढीको ज्यान गइसकेको छ । अझ यो संख्याथप्ने क्रमजारी नै छ र यसको उपचारका अनेक उपायहरु र औषधीहरुको सोधखोज भइरहेको छ । भविष्यमा यसको रोकथाम होला साथै यो भाइरसको औषधीपनि छिटै बजारमा आउला भने कामना गर्दै दिवंगत मानिसहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

यो भाइरसले विश्व अर्थ व्यवस्थाको सम्पूर्ण मानचित्र नै फेरवदलगरिरहेको छ । यसको व्याख्या विशलेषण पनि विज्ञहरुद्वारा हुँदै गर्ला । अवको मानव इतिहासमा हाम्रा सन्ततीहरुलाई यसको सबै पाताहरु नभएपनि आफूले जाने जतिको कुराहरु, वैज्ञानिक खोजहरु, वेदनाकापोकाहरु बतावउदै गरुला ।

अर्कोतिर नेपालमाजव यो भाइरस चीनहुऋँदै कोरियातिर लम्किरहेको थियो । हामीहाम्रो सामाजिक संजालका भित्ताहरु, सुपरमार्टका गेटहरु, सम्पदा स्थलहरुमा करौडौंका यतिका प्रति मूर्तिहरु सजाउँदै भिजिट नेपाल वर्ष २०२० सफलताको कामनाग र्दै रह्यौं । अझ हामीभन्दा धेरै कदम अगाडि सरेर हाम्रा युवा पर्यटन मन्त्रीले तमाम लोक लाज, मानवीयतालत्याउँदै कोरोनाफ्रि नेपालभन्दै झुण्डका झुण्ड मानिसहरु लिएर देश विदेशमा प्रचारमा मस्त हुनुहुन्थ्यो । नोटगर्नुस् हामी कोरोनाबाट यति सा¥हो पीडित हुनु परेको कारण यहि नै हो । यसै बीच हाम्रा प्रधानमन्त्रीको विदेशमा फेर्न खोजेको किड्नीपनि स्वदेशमै फेर्न बाध्यहुनु भयो । यस पछि विस्तारै यो भाइरस फैलिंदै भारत आइपुग्दाभने हाम्रा मन्त्रीमण्डलका मन्त्रीहरुमा चेत खुल्दै गयो । अन्तत हामीपनि चैत्र ११ गतेबाट लकडाउनमा बस्नु प¥यो ।

जव देश लकडाउनमा गयो, ओली र ओली मण्डलहरु साच्चै कामनपाएर, घुस खाननपाएर आमजनता जस्तै कोठामा नै लकडाउनमा बस लानकि भनेको त हाम्रो ठूलो भ्रम रहेछ । ठिक त्यही समयमा कोरोना भन्दापनि खतरानाक भाइरसहरु देशचुस्न एकैसाथ, एकै लयमा र एकैतालमा ताण्डवता देखाउन थाल्यो । यीमध्ये ओम्नी इन्टरनेशनलका तुलहरि,युवराज, एकराज, दुईराजशर्माहरु, उमेश थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, उनका छोरा स्वराजपोखरेल, प्र.म. सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज रिमाल, स्वास्थ्य मन्त्रीभानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्यमहानिर्देशक महेन्द्र श्रेष्ठ, पर्यटन मन्त्री योगेश भट्टराईहरु एकैसाथ अरबौंको भ्रष्टाचार गर्न लम्के । धेरै नै भ्रष्टाचार हुने मुलुकभएकोले तत्काल अलिअलि कराउने पछि वेवास्तागर्ने हामीआम नेपालीको बानी भएपनि यसपालि प्रत्यक्षआफ्नै जीवनसंग सम्बन्धित भ्रष्टाचार भएकोले जनताको आवाज चुलिंदै जाँदा प्रधानमन्त्री स्वयं सबै कुरा नियम संगतभएको भन्दै भ्रष्टाचारीहरुको ढाल बन्दै गरेको र विरोध गर्ने जनतालाई परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले त सिनो लुछ्ने गिद्धसम्म भन्नभ्याए ।

प्र.म. प्रेस सल्लाहकार सूर्य सुवेदीले त कार्यकर्ता, समर्थक तहबाट प्रतिकार गर्नुपर्ने कुरा पनि गरे । अझ प्र.म.काआईटी सल्लाहकार अस्गर अलिले सरकार विरोधी प्रमाण सहितआएको समाचारको एडमीन नै ह्याक गरेर समाचार डिलिट गर्न सम्मभ्याएको सम्बन्धीत न्यूज पोर्टलले आरोप लगायो । यी तमाम बावजुदपनि भ्रष्टहरुको काम रोकेको छैन । उल्लेखितमध्ये कसले के–के अपराध ग¥यो छानविन होला किनहोला ? अपराध अनुसारको सजाय होला किनहोला ? यो आफ्नो ठाउँमा छ । अझ यो भाइरसको प्रभावकमहुँदै गएपछि उहाँहरुलाई उचित समयमा उचित काम गरेको हो भनेर गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा विभिन्न पुरस्कार र सम्मानित गरिएपनि अन्यथान होला । यो कुरा पनि यही बिसाउछु ।

अवभने भन्नै पर्ने, लेख्नै पर्ने कुरा, हामी नेपालीजनताको कुराहो । हाम्रो पहिलो पुस्ता राणा शासनभोगेका, पञ्चायत खेपेका त्यसपछि अधिकांश युवा जनयुद्ध र राजाको सक्रियशासन (शाहीशासन), मधेश आन्दोलनहुँदै संक्रमणकाल पार गर्दै गर्दा २०७२ सालको महाभूकम्प, भारतको क्रुर नाकावन्दी हाल भाइरसको महाविपती भोग्दैछौं । सरकारले अचानक लकडाउनको निर्णय सार्वजनिकगर्ने बितिकै हामीले लकडाउन भनेको के हो ?यसमा के के गर्नु पर्छ ? केहीजाने बुझ्ने प्रयासै गरेनौं । सवभन्दा पहिला हामीले ग्यास, नून, चिनी, दालथुपार्ने काम ग¥यौं । त्यसपछि विदेशमा यो रोग मानिसबाट मानिसमा सरेको कुरालाई चटकै बिर्सेर दशैं तिहारमा जस्तै बसपार्क र बाहिरिने नाकाहरुमा जमघट हुनथाल्यौं । विदेशबाट आएका साथीहरुसंग खानपान र उठबस्मा रमिनथाल्यौं । अनि जव सरकारले क्वारेन्टाइनको व्यवस्थागर्न थाल्यो आफ्ना र आफ्ना परिवारहरु लुक्न र लुकाउन थाल्यौं । यो लकडाउन लम्बिन्दै गयो अनि राहतका कुराहरु आए, अनि साच्चैकै हामीले हाम्रो धरातलहरु देखाउन थाल्यौं । लकडाउन अगाडि तिनबोरा चामल, बीस किलो दाल स्टक राख्नेले पनि राहत लिष्टमा आफ्नो नाम टिपाउन भ्याए ।

कतै कतै भुइफुटे स्थानीय प्रतिनिधिहरुले राहत लिष्टमा नाम चढाएर आफै हसुरेको कुराहरु पनि बाहिर आए । धेरै ठाउँमा राहतमा पनि राजनीति गरें । धन्य हाम्रो मानसिकता भूकम्पको विपद् र नाकावन्दीको विदेशी हेपाईले केही ज्ञान र राष्ट्रिय जागरण आयो कि भन्ठानेको त यो विपद्ले हाम्रो नैतिक र शैक्षिक धरातल फेरी एकचोटि धुजाधुजा गरी उजागर गरिदियो । राणाकालमा हाम्रापुर्खा धेरै दबिएका अशिक्षित थिए । पञ्चायतकालमा निर्देशित र संचालित थिए । बहुदलकालमा धेरै नै लोभी र सत्ताकाभोगी भए । अव त देशैभर शैक्षिक संस्था, बाटाघाटाको विकास भइसकेको छ । ७७ प्रतिशतभन्दा बढी युवामाध्यमिकतहसम्म अध्ययन गरेका, ९३ प्रतिशतको हातमा मोबाइल पुगेका देशको जुनसुकै गाउँमापनि अष्ट्रेलिया, अमेरिका, कोरिया, जापान, मलेसिया तथा खाडीलगायत मुलुकका स्मृद्धि प्रत्यक्ष देखे भोगेका, उनीहरुको स्मृद्धि कसरी भयो भने कुरा जाने बुझेकाहरुको बाहुल्यता भएको यो समयमा पनि हाम्रो धरातल यही हो त ? यसरी हाम्रो स्मृद्धि यात्रा पूरा होला त ?

हामीले फलानो मन्त्रीले यति भ्रष्टाचार ग¥यो, फलानो कर्मचारीले यति अनियमितता ग¥यो र तिनीहरुलाई यो सजाय हुनु प¥यो त्यो सजाय हुनु प¥यो भनेर सामाजिक सञ्जालमापोष्ट गर्दै बस्ने अनिआफूले भने सानो नैतिक र सामाजिक कर्तव्य पालनगर्नु नपर्ने ? हामीदशकिलो चामल र पाँचकिलो दालमाआफ्नो औकातफाल्ने ? आपूm र आफ्नो परिवार अनि समाजलाई हानीहुने भाइरसको समयमा पनि जथाभावी भिडभाड गरी आत्मघाती कामहरु गर्ने ?

विश्वको समृद्ध राष्ट्रहरुको इतिहास पढ्ने हो भने त्यहाँ नेतृत्वचुस्त, राम्रो हुनु त हुँदै हो तर जनतापनिअसाध्यै नियमपालक र कर्तव्य पालकभएर नै ति राष्ट्रहरु समृद्ध हुन सकेकाहुनभने कुरा हामीले बिर्सनु भएन । हामीले पनि त अन्यायी राणा, निरंकुश पञ्चायत, सामन्ती राजतन्त्र फालेका होइनौं ? ति शासकहरुलाई फाल्न हामीले कत्रो कत्रो बलिदानका इतिहास रच्यौं । त्यो इतिहास हामीले यति चाडै बिर्सन मिल्छ ?अवश्यपनि हाम्रो देशमा नितिगत भ्रष्टाचार व्याप्त छ । सुखीजनता, समृद्ध नेपालको नारा दिई दुईतिहाईको सरकार,प्रतिपक्ष, साना तिनादलहरु कुनै कुनै भ्रष्टचार काण्डमा मुछिएका छन् । हामीले आन्दोलन, युद्ध, मतदानका धेरै वटा चक्रहरु पार गरियौं । फेरिपनि यि जर्जर भ्रष्टाचारीहरुलाई निर्मुल गर्न नसकिअझतिनीहरु नै झनझन सशक्तहुँदै आज यो महामारीमा समेत भ्रष्टाचारमाचुर्लममादुब्यो ।

के यति हुँदापनिहामी सचेत नागरिकले पनि तिनीहरुले त्यति धेरै खानु हुने हामीले नहुने ?भन्दै हामीपनि सानोतिनो लोभमा फस्न मिल्छ ?हामीले आफ्नो अनुशास नभुल्न मिल्छ ? अहँ मिल्दैन । यो संकटमा भ्रष्ट देशद्रोही त के बाह्य विस्तारवादीसंग समेत मिलेर कोरोनाभाइरस विरुद्धको युद्ध लड्नु परेको छ । यो एउटा चरण पार गरेपछि यो संकटमा पनि जनजिवनसंग खेलवाड गरी भ्रष्टाचार गर्ने भ्रष्टहरु विरुद्ध सचेतपूर्वक, शान्तिपूर्वक यी र यिनीहरुका कम्पनीहरुका उत्पादन र निर्देशनहरु उलंघन र बहिष्कार गर्दै यिनीहरुका काला कर्तुतहरुलाई नाङ्गेझार पार्दै व्यापक रुपले आन्दोलन गर्नुपर्ने खाँचो देखिन्छ ।

-लेखक सामाजिक अभियनता हुन् । यो लेखकको नीजि बिचार हो-सम्पादक