Wednesday, October 7, 2026
Home प्रवास नेपाली राजदूतहरुले एक महिनाको तलब कोरोना राहत कोषमा दिने

नेपाली राजदूतहरुले एक महिनाको तलब कोरोना राहत कोषमा दिने

302
तस्विरः युएईकालागि नेपालका राजदूत कृष्ण प्रसाद ढकाल

चैत्र ३०,
काठमाडौं । मध्यपूर्व तथा खाडी देशमा खटिएका नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दिने भएका छन् ।
चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर नै अहिले आक्रान्त रहेको भन्दै देश र देशवासीको सहयोग पुगोस् भनेर एक महिनाको तलब दिने निर्यण गरेको युएई लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले बताए ।
सरकारद्वारा स्थापित कोषमा यूएइका राजदुत कृष्ण प्रसाद ढकाल, कतारका राजदूत नारदनाथ भारद्वाज, ओमानका शर्मिला पराजुली ढकाल, साउदी अरबका महेन्द्र प्रसाद सिंह, बहराईनका पदम सुन्दास र कुवेतका दुर्गाप्रसाद भण्डारी सहित खाडीका बिभिन्न मुलुकहरुका राजदुतहरुले १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोना भाईरस सहयोग कोषमा दिने निर्णय गरेका हुन् ।