नेपाली राजदूतहरुले एक महिनाको तलब कोरोना राहत कोषमा दिने

295
तस्विरः युएईकालागि नेपालका राजदूत कृष्ण प्रसाद ढकाल

चैत्र ३०,
काठमाडौं । मध्यपूर्व तथा खाडी देशमा खटिएका नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दिने भएका छन् ।
चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर नै अहिले आक्रान्त रहेको भन्दै देश र देशवासीको सहयोग पुगोस् भनेर एक महिनाको तलब दिने निर्यण गरेको युएई लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले बताए ।
सरकारद्वारा स्थापित कोषमा यूएइका राजदुत कृष्ण प्रसाद ढकाल, कतारका राजदूत नारदनाथ भारद्वाज, ओमानका शर्मिला पराजुली ढकाल, साउदी अरबका महेन्द्र प्रसाद सिंह, बहराईनका पदम सुन्दास र कुवेतका दुर्गाप्रसाद भण्डारी सहित खाडीका बिभिन्न मुलुकहरुका राजदुतहरुले १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोना भाईरस सहयोग कोषमा दिने निर्णय गरेका हुन् ।