मण्डन देउपुरको गिरधरेमा यसरी भरियो दुध

368

चैत २९,
काभ्रे । मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर-१, गिर्धरेमा सामाजिक दुरी कायम गरेर दुध भरिएको छ । कोरोना भाइरस (कोभिड –१९) कोरोना भाईरसको कारण अहिले विश्वभर सामाजिक दुरी कायम गरिदैं आएको हो । केही दिन दुध संकलन बन्द भएपनि अहिले आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरेरे दुध संकलन गरिदै आएका वडा सदस्य राम प्रसाद ढकालले नयाँ नेपाल न्युजलाई बताएका छन् । गिरधरे दुध डेरीमा दैनिक २ सय ५० लिटर दुध संकलन हुदैं आएको छ । तस्विरः फेसबुकबाट