विभिन्न देशमा कोरोना भाइरसबाट १४ नेपालीको मृत्यु

129
सांकेतिक तस्विर

चैत ३०,
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायत, अमेरिका र युएईमा गरी १४ नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको मृत्यु भएको हो ।

यस्तै ६ सय ७५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । उनकाअनुसार अमेरिकामा ५०० बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा १०० बढी संक्रमित रहेका छन् । यस्तै स्पेनमा १८, जर्मनीमा ४, पोर्चुगलमा २२, अस्ट्रेलियामा ९, युएईमा १०, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जनामा संक्रमण पुष्टि भएको छ । अन्य देशमा पनि विवरण संकलनको क्रममा रहेको एनआरएनले जनाएको छ ।

एनआरएनएले विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए । नेपालमा भने हालसम्म ४४ सय २६ जनाको हाराहारीमा नमुना संकलन हुँदा १२ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसमा एक जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । -ratopati