खसीको मासु १८ सय प्रतिकिलोमा बेचेपछि २ लाख जरिवाना

659

चैत २८,
काठमाडौं । लकडाउनका बेला अत्याधिक महँगो मूल्यमा सामान बिक्री भइरहको जनगुनासोपछि बजार अनुगमनले तीव्रता पाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा पनि उपत्यका विभिन्न ठाउँका पसलेले अत्याधिक महँगो मूल्यमा सामान बेच्ने गरेको भेटिएको छ । विभागको अनुगमनका क्रममा शुक्रबार नयाँ बानेश्वर शंखमुलमार्गमा रहेको आइकालु मासु पसलले अस्वभाविक मूल्यमा मासु बेचेको भेटिएपछि दुई लाख जरिवाना गरेको छ । खसीको मासु १८ सय रुपैयाँ किलोमा बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) ३८ (ङ) को कसुरमा ३९ (ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।
यसअघि विभागले राहतको सामानमा म्याद नागेको सामान प्याकिङ गरेर दिने नागार्जुन नगरपालिका(४ बाफल सीतापाइलामा संचालित न्यू बिके स्टोरलेलाई जरिवाना गरेको जनाएको थियो । राहातको सामग्रीमा म्याद नाघेको सामान प्याकिङ गरी बिक्री गरेको पाइपछि ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।