घरमा सामान थुपारे र के गर्नु हुन्छ ? कोरोना फैलियो भने पकाउने फुर्सद होला

164
फाइल तस्विर प्रयोग गरिएको हो ।

नयाँ नेपाल न्यूज
चैत २, काठमाडौं । विश्वरभर कोरोना भाईसरको संक्रमण फैलिएको दुई महिना हुन लाग्यो । चीनको उहानबाट विश्वभर करिब १ सय ५० भन्दा धेरै देशमा फैलिएको छ ।
विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ ।
१ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छैन ।
यद्यपी उपचारारत १० हजार ४ सय २५ मध्येका १० जनाको भने मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । योसँगै चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ९९ पुगेको छ ।

बजारमा किन सामाग्रीको अभाव देखिदैंछ
(कोभिड –१९) कोरोना भाईरसको कारण अहिले बजारमा विभिन्न हल्लाहरु चलेका छन् । बजारमा पाईने उपभोग्य वस्तुहरु धमाधम कृतिम अभाव भईरहेका छन् ।
पछिल्लो समय देखिएको दैनिक उपभोग्य वस्तुमै लिईने खाना पकाउने ग्याँसको कृतिम अभाव सृर्जना भएको छ । धरानमा ग्याँस नपाएर सर्वसाधरण अतालिएका छन् । तर सम्वन्धित निकायले यसबारेमा खासै चासो देखाएको पाईदैन । बजारमा माक्स अभावको वारेमा व्यापारीले लुकाएर राखिएको माक्स केही दिन यता प्रहरीले लगातार बरामद गर्दै आएको छ ।
यसरी नै पछिल्लो समय ग्याँसमा पनि हाहाकार हुन थालेको छ । के कारणले ग्याँस अभाव भएको हो ? बजारमा त्यतिकै कृतिम अभवा सृर्जना भएको हो भने सम्वन्धित ग्याँस कम्पनीहरुलाई कार्वाहीको दायारामा ल्याउनुपर्छ । यदी होईन भने बजारमा सहजरुपमा ग्यास उपलव्ध हुनुप¥यो । उपभोक्ताहरुलाई पनि अफ्वाहको पछि नलाग्न सम्वन्धित निकायले आव्हान गर्न सक्नुपर्छ । यसबारेमा स्थानिय निकायले सोधीखोजी गर्नुपर्छ । यो संगै विभिन्न उपभोग्य वस्तुमा अभाव देखिन सक्ने कुराले बजारमा अफवाहा फैलाएको छ । ती त्यस्ता अफ्वाहलाई नियन्त्रण गर्ने गरी स्थानिय निकाय लाग्नुपर्छ ।
स्थानिय निकायले बजारमा कृतिम अभाव सृर्जना गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउन सक्नुपर्छ । बजारमा सधै कृतिम अभाव अनि सर्वसाधरण मर्कामा पर्ने हुन्छन् । स्थानिय सरकार मात्रै होईन,यसबारेमा प्रदेश सरकार र संघिय सरकारको पनि ध्यान जान अत्यन्तै जरुरी छ । एउटा निहुँले सर्वसाधरणले मर्का खेप्नु हुदैन । कृतिम अभाव अन्त्य हुनुपर्छ ।

के भन्छन् मन्त्री ?
बजारमा अत्यावस्यक सामग्रीदेखि खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेमा कारबही गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । ’आत्तिनुपर्ने अवस्था छैन सरकारले सर्तकता अपनाउन खोजेको हो कोरना भाइरसले समस्या सिर्जना गरेको होइन, त्यसैले बजारमा अभाव हुने सम्भावना नै नभएको मन्त्रीको भनाई छ ।

तर, विचौलिया र बजारका गिरोहले थोकवस्तुमाथि अभाव सिर्जना गरे कारबाहीको भागिदार हुने भन्दै यसो नगर्न मन्त्रीले निर्देशन दिएका छन् । बजारमा औषधी अभावदेखि ग्यास, इन्धनदेखि खाद्यवस्तु संकट भएको हल्ला सुनेपछि मन्त्रालय अनुगमन तीव्र बनाएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले जानकारी दिए ।
यता औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आजबाटै ३ वटा टोलीले बजार अनुगमन सुरु गरी कारबाही सुरु गरेको बताए। औषधी उत्पादक संघले औषधी तीन महिनाका लागि पुग्ने र ६ महिना उत्पादन गर्ने कच्चा पदार्थ रहेको बताइसकेको जनाउदै आत्तिनु नपर्ने स्पष्ट पारे। उनले कसैले ठूलो परिणाममा औषधी माग गरे नदिन सुझाव दिए ।

कोरोना फैलियो भने पकाउन भ्याइला ?
भक्तपुरमा किराना व्यवसाय गर्दै आएका सुरेश मान्धर भन्छन् एक किलो नुन किन्नेले १० किलो लान्छ अनि अभाव त्यसै हुन्छ । तर, मानिसलाई यति पनि ज्ञान छैन, यदि कोरोना संक्रमण फैलियो भने खाना बनाउने फुर्दछ हुदैंन ।
महिनाको एक सिलिण्डर ग्यासले पुग्ने परिवारले कम्तीमा ५ वटा ग्यासका सिलिण्डर जडेगा राखेका छन् । त्यसैले पनि अभाव देखिएको व्यापारीहरुको भनाई छ । सरकारले प्रर्याप्त खाद्य वस्तु र ग्यास, पेट्रोल छ भन्दा भन्दै कोलाहाल गरेर घरमा सामान थुर्पाने बानीले गर्दा बजारमा अभाव देखिएको उपभोक्ता अधिकारकर्मीको भनाई छ ।