‘आमा’ चौथो सातामा

251

फागुन ३०,
काठमाडौं । फिल्म ‘आमा’ आजबाट सफल प्रदर्शनको चौथो सातामा प्रवेश गर्न सफल भएको छ । गत फगुन ९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । ‘आमा’ फिल्म निर्माण कम्पनी डिएस डिजिटलले प्रेस विज्ञप्ति जारी गर्दै फिल्मको सफलतामा खुसी ब्यक्त गरेको छ । ‘चौथो हप्तासम्म आइपुग्दा फिल्मले स्वदेशबाटै लगानी सुरक्षित गर्दै नाफा कमाउन सफल भएको छ’ विज्ञप्तिमा अगाडि लेखिएको छ ‘फिल्मको सफलताको लागि सहयोग र साथ दिने दर्शक, शुभचिन्तक, पत्रकार, समिक्षक सबैमा हार्दीक धन्यवाद ब्यक्त गर्दछु ।’

निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेको हस्ताक्षर रहेको विज्ञप्तिमा अहिलेको बिषम परिस्थितिमा पनि हलसम्म पुगेर फिल्म हेर्ने दर्शकलाई धन्यवाद समेत दिइएको छ । शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहेको छ ।