पूर्वप्रधानसेनापति क्षत्रीमाथि भ्रष्टाचारका दर्जनौं उजुरी

79

फागुन १३,
काठमाडौं । ‘पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले सेवामा रहँदा पदको दुरुपयोग गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गरी निजलाई कारबाही गरी पाऊँ’ भन्ने व्यहोरामा २०७६ साल भदौ ५ गते संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा एउटा उजुरी पर्यो । सम्भवतः नेपालको इतिहासमै सेनाका उच्चतहका अधिकारीमाथि भ्रष्टाचार गरेको र अकुत सम्पत्ति कमाएको भन्दै संसदीय समितिमा छानविनका लागि उजुरी परेको यो पहिलो पटक हो । यसअघि सेनाभित्र जस्तोसुकै ठूलो भ्रष्टाचार हुने गरेपनि सामान्यतया बाहिर आउने गरेका थिएन ।

सेनाकै कुनै अधिकारीले भ्रष्टाचार या अनियमितता गरेपनि सेनाकै आन्तरिक नियम र कानुन अनुसार त्यस्ता व्यक्तिलाई कारवाही हुने गर्दथ्यो । तर संघीय लोकतान्त्रिक गणतन्त्रको बहालीसँगै सेनाभित्रका ठूला र डरलाग्दा भ्रष्टाचार काण्डहरु सार्वजनिक हुँदै संसदीय समितिसम्ममा आइपुगेका हुन् । त्यसैको एक उदाहरण होे ‘पूर्वप्रधानसेनापति क्षत्रीको भ्रष्टाचार प्रकरण ।’ हुन त सेनाभित्र विकास निर्माण लगायतका काममा हुने भ्रष्टाचार र अनियमितताका बारेमा स्वतन्त्र छानविन गर्नुपर्ने माग यसअघि पनि नउठेका भने होइनन्, तर कानुन अभावलगायतका समस्या देखाएर त्यस्तो अनियमिततामा चुपचाप बस्ने परम्परा रहँदै आएको थियो । तर अब भने पहिलाको जस्तो अवस्था नरहने भएको छ ।

क्षत्रीमाथि करोडौंमात्र होइन अर्बौं रकम बराबरको अनियमितता र भ्रष्टाचार गरेको गम्भीर आरोप लागेपछि उनको कारण सिंगो सैनिक संगठन नै बद्नाम हुन पुगेको कतिपय सेनाका अधिकारीहरुकै गुनासो रहने गरेको छ ।
सेनाका अधिकारीहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा क्षत्रीले गरेको भ्रष्टाचारविरुद्ध उजुरी दायर गरेपछि समितिले उनको भ्रष्टाचारको फाइल खोलेर किनारा लगाउने अपेक्षा सैनिक वृत्तमा आशा जागेको छ ।