सिद्धान्त न्यौपान
‐कुनै पनि नगर, शहर वा भूगोलले आधुनिक प्रविधि मार्फत त्यहाँ रहेका मानिसहरुको समस्या समाधान गर्दै जिवनस्तर उकास्न, छिटो छरितो र दिगो विकासको यात्रा तय गदै अघि बढी रहेको छ भने त्यो शहर स्मार्ट सिटि हो ।
‐ यस क्षेत्रमा कार्य गर्ने अन्तराष्ट्रिय मान्यता प्राप्त निकायको खाँचो देखिन्छ ।
‐यस क्षेत्रको उपलब्धीहरुको संस्करण (Version) का आधारमा मापन गर्नु राम्रो, सजिलो र उत्तम विधि हो ।
पृष्ठभूमि:
अनुमानका अनुसार सन् २०५० सम्ममा विश्व जनसंख्याको ७०% जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्ने छ । अहिले कै कुरा गर्ने हो भने भारतमा ३०% जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्दैछन् जस्ले पुरै राष्ट्रको ६३% कुल गृहस्त उत्पादनमा भूमिका खेलि रहेका हुन्छन् । जबकि यस्तै अन्य धेरै ठूला शहरहरूमा अहिलेको जनसंख्याको सामना गर्नै संघर्ष गरिरहेको अवस्था छ । यसको दिगो समाधानको लागि स्मार्ट सिटिको निर्माण आवश्यक छ । यी शहरी क्षेत्रहरूलाई अझ जीवन्त बनाउन हामीले दिगो स्मार्ट शहर (स्मार्ट सिटि) हरू निर्माण गर्नु आवश्यक छ ।
परिभाषा:
स्मार्ट सिटिका परिभाषा भूगोल र अवस्था अनुसार भिन्न भिन्न हुने गरेको पाइएको छ । यसलाई राम्ररी बुझ्नको लागि स्मार्ट को परिभाषाले मुख्य महत्व खेलेको पाइन्छ । Smart एक ब्रिटिस शब्द हो जस्ले कुनै पनि सफा, सुग्घर र राम्रो पहिरन भएको व्यक्तिलाई जनाउन प्रयोग गरिन्थ्यो । कालान्तरमा यसको परिभाषा छिटो बौदिक बुद्धिमता भएको व्यक्तिलाई जनाउन प्रयोग हुने गरेको पाइयो तर पछिल्लो एक दशकमा भने यस शब्दको प्रयोग प्रविधि,विकास, कम्पूटर वा Artifical Intelligence को क्षेत्रमा बढी हुने गरेको बुझिन्छ । यसको पछाडीको कथा बुझ्को लागि मोबाइल प्रविधि उच्चतम विकास र यस क्षेत्रमा Smart Phone को सर्वाधिक प्रयोग हुन सक्छ । पछिल्लो दशकमा यसको यो शब्दको प्रयोगले छलाङ्ग मारेको पाइन्छ । हरेक क्षेत्रमा हरेक काम Smart तरिकाले गर्ने वा कुन भन्दा कुन प्रविधि Smart हुनसक्छ भन्ने होडबाजी चलिरहेको छ ।
स्मार्ट सहरको शब्दको प्रयोग विगत एक दशक अघि मात्र शुरु भएको र परिभाषामा पनि धेरै नै परिवर्तशील हुँदै गएको पाइन्छ । परिभाषामा विविधता र भिन्न भिन्न चश्माद्धारा यसलाई आकंलन गर्ने गरिएकोले यस क्षेत्र थप बृह्त एवं जटिल बन्दै गएको देखिन्छ । धेरै जस्तो स्मार्ट सिटिका परिभाषाहरुले प्रविधि र डाटाहरुलाई स्मार्ट सिटिको प्रमुख तत्वको रुपमा लिने गरिएको पाइन्छ ।
तर, मेरो विचारमा प्रविधि र डाटाहरुले भन्दा पनि यसको प्रयोगले स्मार्ट शहरमा बढि महत्व राख्छ । कुनै पनि सहर वा नगरले प्रविधि र डाटाहरुको निर्माणमा धेरै भन्दा धेरै श्रोत परिचालन गरेर उपलब्धी हासिल गरेता पनि तिनिहरुको उचित प्रयोग गर्न सकेन भने स्मार्ट सिटि, डाटा र प्रविधि एक श्रोत दोहनको माध्यम मात्र बन्न जान्छ । त्यसैले प्रविधि र डाटालाई त्यस भूगोलमा रहेका मानिसहरुको समस्या समाधानको लागि नवित्तम तरिकाले प्रयोग गर्नु महत्वपूर्ण छ । त्यसैले प्रविधि र डाटालाई स्मार्ट सिटिका महत्वपूर्ण तत्वको रुपमा मात्र लिन सकिन्छ जस्को प्रयोगबाट स्मार्ट सिटिका लागि लिएको लक्ष्य तथा रणनितिलाई कार्यान्वयन गर्न मद्दत पु¥याउनुका साथै तय भईसकेको लक्ष्य प्राप्त गर्न सजिलो, छिटो र छरितो माध्यम बनाउन सकिन्छ ।
दिगो स्मार्ट सिटि बनाउन आवश्यक छ भनि रहदाँ यसलाई खुल्ला ढंगले बुझ्न र यसका आवश्यक सूचकहरु के के छन्रु स्मार्ट सिटि बनाउन कस्ता कार्यक्रम/प्रविधि मार्फत आफ्ना शहर/ठाउँ/नगर तथा गाउँलाई हुन आवश्यक छ । हामिले पहिले नै भनि सक्यौ यसलाई भिन्न भिन्न परिवेश र परिस्थितीमा बुझ्ने र अथ्र्याउने गरिएको छ । विकसित पश्चिमा मूलूकहरुमा यसको परिभाषा वा न्यूनतम आवश्यक BIG Data Science, Advance Weathering System, Online Payment Process, Uses of AI & Robotics जस्ता अन्य प्रविधिहरु छन् भने एसियाली विकासोन्मुख राज्यहरुमा फराकिला सडक, सुशासन एवं सुरक्षाको लागि गरिने प्रविधिहरुको प्रयोग, फोहोर व्यवस्थापन एवं अन्य आधारभूत विकासका मापदण्डहरुमा मात्रै सिमित भएको देखिन्छ । नेपालमा यसको इतिहास राम्रोसित विकसित भएको पाइन्न । बुझेर भनौँ वा नबुझेर, २०७४ सालको स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा देश भरि स्मार्ट शहर, डिजिटल नगर, स्मार्ट सिटि जस्ता शब्दहरुले पत्रपत्रिका, सामाजिक संजाल, घोषणा पत्र तथा सभा सम्मेलनमा राम्रै स्थान पाए । यसपछि विभिन्न सभा, गोष्ठी तथा भाषणमा स्मार्ट सिटि घुमि रहेको पाइन्छ । अर्को तर्फ यसको परिभाषा र सूचकहरु पनि व्यक्ति विशेष वा कम्प्युटर, सफ्टवेयर तथा हार्डवेयर व्यापारिहरुबाट तय भई रहेको देखिन्छ ।
कुनै व्यापारिले आफ्नो सामाग्री बेच्न जाँदा स्मार्ट पालिका, डिजिटल नेपाल वा अन्य मिल्दो जुल्दो शब्दको आड लिएर मात्र जान्छन् । चुनावी बाचा एवं घोषणको लागि वा प्रविधि विकास गर्न यस शिर्षकमा राम्रै बजेट विनियोजन गरि खर्च समेत हुने गरेको पाइएको छ । तर यसलाई पुरै तरिकाले नकारात्मक सोच्नुभने पर्दैन किनकी संसारका अरु मुलुकहरुमा पनि स्मार्ट सिटिको यात्रा यसरी नै शुरु भएको पाइन्छ । तसर्थ कुनै पनि नगर, शहर वा भूगोलले आधुनिक प्रविधि मार्फत त्यहाँ रहेका मानिसहरुको समस्या समाधान गर्दै जिवनस्तर उकास्न, छिटो छरितो र दिगो विकासको यात्रा तय गदै अघि बढी रहेको छ भने त्यो शहर स्मार्ट सिटि हो ।
स्मार्ट सिटिको अन्तराष्ट्रिय मान्यता तथा कार्यहरु
विकास एक निरन्तर चलिरहने स्वचालित प्रक्रिया हो । युद्ध, अशान्ती, महामारी, विपद, तथा अशिक्षा बाहेकको समाज विकास प्रक्रियामा दौडी रहेका हुन्छन् । स्मार्ट सिटिकै कुरा गर्दा विश्वका स्मार्ट सिटिको रुपमा कहलिएका शहरहरु जस्तै सियोल, ओसाका, सिंगापुर, कोपाहेगन, एम्स्टरड्याम, भेनया, बार्सिलोनाहरुले पनि आफ्ना शहरहरुमा भिन्न भिन्न परिभाषित गर्ने गरेको छन् । एक आपसमा आफु र आफ्नो शहरलाई कसरी अरु भन्दा धेरै स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा योजना,कार्यक्रम र रणनितिहरु बनाइ रहेका छन् । त्यसैले हाम्रो लागि वा हाम्रो दिमागमा भएको स्मार्ट सिटि र उनिहरुको सोचमा भएको स्मार्ट सिटिमा भिन्नता छ । जस्तै कुनै पनि साधारण लेखपढ मात्र गर्न सक्ने मान्छेका लागि स्कूल तह पास गरेको विधार्थी स्मार्ट लाग्ने गर्दछ । भने कुनै विषयमा स्नाताकोत्तर गरिसकेको व्यक्तिलाई Smartnesss का न्यूनत्तम मापदण्डमै स्नातक गरेका व्यक्तिहरु पर्छन् ।
अन्य क्षेत्र जस्तै स्वास्थ क्षेत्रमा हुने न्यूनत्तम मापदण्ड वा सूचक विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० बाट तय भई पारित गरिएको हुन्छ । त्यसकै आधारमा संसारभरका देश, भुगोल, व्यक्ति वा समाजले स्वास्थ्यमा कुन तह हासिल गरेको छन् भन्ने कुराको मापन गर्ने गरिन्छ । आगामि वर्ष के गरेर उक्त मापदण्ड वा सूचकहरु पुरा गर्ने भनेर योजना तथा कार्यक्रम बनाउछन् । त्यस्तै गरि खाद्य क्षेत्रमा विश्व खाद्य संगठन (WHO) ले र विकासको क्षेत्रमा UNDP ले दिगो विकासको लक्ष्य मार्फत मापन तथा सूचक तय गर्ने गरिएको छ । तर स्मार्ट सिटि हकमा शहरको Smartnesss मापन गर्ने स्पष्ट परिभाषा, मापदण्ड र सूचकहरुको विश्व व्यापि मान्यता राख्ने संघ, संस्था तथा संगठन नहुनाले पनि स्मार्ट सिटिको क्षेत्रमा यथोचित मार्ग पहिचान नभइ राखेको अवस्था छ । यसले गर्दा विकासित मुलुकहरु र प्रविधिक क्षेत्रका व्यवसायीहरुले आफू सुहाउँदो सूचकहरु तय गरि रहेका छन् र गर्दा विकासोन्मुख शहरहरुलाई स्मार्ट सिटि अझ बढी जटील बन्दै यस्ले गर्दा असम्भवता तर्फ उन्मुख भएको छ ।
सूचकहरु
नेपाल सरकारले देशभरमा दशवटा शहरहरुलाई स्मार्ट सिटि रुपमा विकास गर्न लागि रहेको छ । पहिले यस सूचिमा उपत्यका भित्रका ४ वटा शहरहरु रहे पनि अहिले यसको संख्या वृद्धि भएर १० वटा पु¥याइको छ । तर यसका लागि आवश्यक निति एवं कार्यक्रमहरु भने तय गरिएको छैन । संसारभरिनै यस क्षेत्रको विविधताले गर्दा पनि यस क्षेत्रमा स्पष्ट खाका कोर्न गाह्रो भईरहेको हुन सक्छ । नेपालको लागि स्मार्ट सिटि एडस् रोग जस्तै हुन भइरहेको छ । रोग पत्ता लाग्यो तर औषधी पत्ता लागेन । कहिले रुघाको औषधी, कहिले खोकीको, कहिले रुघाखोकीको औषधीले काम चलाउनु परेको जस्तो हुनसक्छ ।
यस क्षेत्रको अन्यौलतालाई निर्मूल पार्न नेपाल जस्तो विकासोन्मुख देशले विश्वका अन्य परिवेश मिल्दो सहरहरुको सन्दर्भ लिनु उचित हुन्छ । तर नेपाल वा नेपालका शहरहरु विविधताले भरिपूर्ण छन् । विविधताका कारण ठयाक्कै परिवेश, भूगोल, राजनीतिक अवस्था र परिस्थिती सुहाउँदो शहर भेटिनु मरुभूमिमा पानी खोज्नु जतिकै हुनपुग्छ । नेपाल आपैmले परिवेश सुहाउँदो स्मार्ट सिटिको परिभाषा र यसका सूचकहरु बनाउन सके सुनमा सुगन्ध नै हुनेछ । त्यसैले अघिल्लो सन्दर्भमा भनिए झै आफ्नो परिवेश सुहाउँदो निति तथा योजना बनाएर आफ्नै स्मार्ट सिटिको गाडी चढ्नु नै Smartnesss हुन्छ ।
समाधानको बाटो:
यस समस्याको समाधानको लागि यस क्षेत्रका चासो राख्ने विज्ञहरु स्मार्ट सिटिको परिभाषा, मापदण्ड तथा सूचकहरुलाई संस्करण (Version)का माध्यमबाट मापन गर्ने विषयमा छलफल एवं अध्ययन गरिरहेको छ । यो पद्धती अनुसार कार्यगर्दा संसारको विभिन्न कुनामा रहेका विभिन्न परिवेशका शहरहरुको विस्तृत अध्ययन गरि बिभिन्न संस्करण (Version) को रुपमा बर्गीकरण गरिनेछ । उक्त बर्गीकरणलाई परिवेश सुहाउदो स्मार्ट सिटिका परिभाषा, प्रकृया, विशेषता, उदेश्य तय गरि विभिन्न अन्तराष्ट्रिय मान्यता प्राप्त संस्करणहरु (Version) पारित गरिनेछ । हाल विकासोन्मुख शहरहरुको यात्रा थोरै तह वा सानो संस्करणको स्मार्ट सिटि हुनेछ भने विकसित राष्ट्रका शहरहरुको यात्रा धेरै वा ठूलो भन्दा ठूलो स्मार्ट सिटिका संस्करणहरु तय हुनेछन् । आगामि दिन जिम्मेवार नीति निर्माताहरु, विकासकर्ता एवं अधिकारिक निकायले आफू र आफ्नो क्षेत्रको परिवेश अनुकूल स्मार्ट सिटिको संस्करण (Version) मा लैजान आवश्यक निति तथा कार्यक्रम गरि विकास योजनाका कार्यहरु गर्ने छन् ।
यसै प्रकृया मार्फत संसारका सबै शहरहरु स्मार्ट भन्दा स्मार्ट हुँदै जानेछन् । मोबाइल नेटवर्कको उदारहणले यसलाई बुझ्न अझ सजिलो हुनेछ । नेपालमा हालसालै मात्र 4G नेटवर्क मार्फत सेवा प्रदान गर्न थालनी गरिएको छ । आजको परिवेश र अवस्थामा नेपाललाई 4G सेवा स्मार्ट प्रविधि हो । तर विकसीत देशहरुमा अहिले 9G वा 10G मार्फत सेवा प्रवाह गरिरहेको छ । उसको लागि 11G मात्र स्मार्ट प्रविधि हो । नेपालको 5G यात्रा सफल भए पछि पुन 5G यात्रा सुरु हुनेछन् । 5G हासिल गरे पश्चात 6G हासिल गर्ने तर्फ सम्बन्धीत निकाय लाग्ने छ । स्मार्ट सिटि र मोबाइल नेटर्वक दुवै चलिरहने प्रकृयाहरु हुन् । त्यसैले यि दुवै क्षेत्रको उपलब्धीहरुको संस्करण (Version) का आधारमा मापन गर्नु राम्रो, सजिलो र उत्तम विधि हो । तर यसका लगि विज्ञद्धारा तय गरिएको मापदण्ड र सूचकहरुले अन्तराष्ट्रिय मान्यता भने पाउन आवश्यक हुन्छ ।
लेखक न्यौपाने, भक्तपुरको चाँगुनारायण नगरपालिकामा, सूचना प्रविधि अधिकृतमा कार्यरत छन् ।