Sunday, September 27, 2026
Home खेलकुद एनपिएल विजेताले एक करोड १० लाख नगद पुरस्कार पाउने

एनपिएल विजेताले एक करोड १० लाख नगद पुरस्कार पाउने

48

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको विजेताले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपिएलको नेपाल क्रिकेट संघले पुरस्कारको घोषणा गरेको हो।

प्रवक्ता छुम्बी लामाका अनुसार द्वितीय पुरस्कार ५१ लाख रुपैयाँ घोषणा गरिएको छ।त्यस्तै, तृतीय पुरस्कार २५ लाख र चौथो पुरस्कार १५ लाख घोषणा भएको हो। एनपिएलको बुधबारदेखि प्लेअफ सुरू हुँदैछ। प्लेअफका लागि सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स छनौट भएका छन्।

बुधबार पहिलो खेलमा चितवन र कर्णालीबीच इलिमिनेटर राउण्ड हुनेछ। त्यस्तै दोस्रोमा सुदूरपश्चिम र जनकपुरबीच क्वालिफायर हुनेछ।
इलिमिनेटरमा विजयी भएको टोलीले बिहीबार क्वालिफायरमा पराजित भएको टोलीसँग खेल्नेछ।