नैनसिंह महर भन्छन् ‘प्रधानमन्त्री ओलीको विकल्प खोजौं ‘

320

फागुन १०,
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको मतियार भएको भन्दै विकल्प खोज्ने अवस्था आएको बताएका छन् । नेविसंका पूर्व अध्यक्ष समेत रहेका महरले भने, ‘देशमा भएको खर्बौको भ्रष्ट्राचारमा सरकारको संलग्नता भएकाले एक जना मन्त्रीको राजीनामाले समस्या समाधान हसँदैन । अख्तियारले प्रधानमन्त्री केपी ओलीमाथि छानबिन गरेर कारवाही गरिनुपर्छ ।’

सर्लाही क्षेत्र नं। ४ को अयोजनामा भएको आमसभालाई सम्बोधन गर्दै मधेशीको नाममा बनेको प्रदेश २ को सरकार झन् शोषण गरेर सरकारका मन्त्रीहरु जनताको करको दुरुपयोग गरिरहेको आरोप लगाए ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए । कार्यक्रममा काँग्रेसका युवा नेता रामहरी खतिवडाले जनताको पार्टी काँग्रेस मात्र भएको बताए ।