भेटियो तीन हजार टनको सुन खानी

454

फागुन १०,
एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी इलाकाको एउटा समाचारले खुसीयाली छाएको छ। ती गाउँका बासिन्दको खुसीको कारण हो एउटा सुन खानी । स्थानीय प्रशासनले सुन खानी भेटिएको पुष्टि गरेपछि उनीहरु कम्ता खुसी छैनन्। उत्तर प्रदेश सरकारले सोनभद्रको हरदी गाउँ इलाकास्थित दुई पहाडमा सुन, युरेनियमसमेत कयौँ धातुको विशाल खानी रहेको पुष्टि गरेको छ। यही रिपोर्टले स्थानीयमा खुसीको लहर ल्याएको हो। यस रिपोर्ट अनुसार यी पहाडी क्षेत्रमा ३ हजार टन सुनको खानी मिलेको हो। जसको लिलामीका लागि सरकाले प्रक्रिया थाल्न लागेको छ।

भारत अहिलेसम्म संसारकै सबैभन्दा थोरै सुनखानी रहेको देशमा पर्छ। तर यो सुन खानी भेटिएपछि अब भारत विश्‍वकै दोस्रो धेरै सुन भएको देशमा दरिनेछ। जानकारी अनुसार अहिलेसम्म अमेरिका पहिलो नम्बरमा छ। अमेरिकासँग ८,१३३।५ टन सुन छ। जर्मनीसँग ३,३६६ टन रहेको छ। तेस्रो नम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २,८१४ टन सुन छ। त्यसपछि इटाली, फ्रान्स, र रूससँग बराबरी सुन छ। उत्तर प्रदेशको सोनभद्र जिल्लामा सुन खानी मिलेपछि त्यहाँको पूरै क्षेत्रमा उत्साहको माहोल छ। समाचार अनुसार हरदी गाउँ, महुली गाउँसमेत एक दर्जन गाउँबासी रोजगार मिल्ने कुरालाई लिएर उत्साहित छन्। सोनभद्रको सुनले भारत सरकारसँग रहेको सुनको भण्डारमा पाँच गुणा वृद्धि हुनेछ। उत्तर प्रदेश सरकारले सुन र युरेनियम भण्डाको पुष्टि भएपछि पहाडको लिलामी प्रक्रिया अघि बढाउनेछ। सोनभद्र जिल्लाको सोन पहाडमा सुनको भण्डारका साथै पहाडमुनि युरेनियमको विशाल खानी पनि रहेको अनुमान गरिएको छ। सन् २०१२ देखि भण्डारकोबारेमा सूचना जुटाउने प्रक्रिया चलिरहेको छ। अब जिला प्रशासन र खनिज विभागको रिपोर्टपछि सरकारी गतिविधि पनि त्यस क्षेत्रमा तीव्र भएको छ। प्रशासनका अनुसार लिलामी प्रक्रिया पूरा भएपछि उत्खनन सुरु हुनेछ। जसका कारण त्यस क्षेत्रका करिब ५ हजारलाई रोजगारी मिल्नेछ। यसअघि सरकारले सुनखानी को पुष्टि गर्न ७ सदस्यीय समिति बनाएको थियो।

त्यो समितिले पनि सुनखानी रहेको प्रतिवेदन दिएको थियो। यहाँको सुन खानी को खोजी सन् २००५ बाट सुरु भएको थियो। तर त्यसबेलाको जाँचमा धातु रहेको बताइएको थियो। त्यो बेला कुन प्रकारको धातु छ भन्‍ने विवरण उल्लेख गरिएको थिएन। त्यसपछि सन् २०१२ मा फेरि जियोलजिकल सर्वे अफ इन्डियाले अध्ययन थालेको थियो। उक्त टोलीले नै सोनभ्र इलाकामा सुन र अन्य धातु ठूलो परिमाणमा रहेको पत्ता लगाएको थियो। ताजा प्रतिवेदन अनुसार हरदी क्षेत्रमा ६४६.१५ किलोग्राम सुनको खानी छ। अर्कातिर सोन पहाडमा २९४३.२५ टन सुनको खानी रहेको कुरा आएको छ। यसका अलावा युरेनियम र अन्य बहुमूल्य धातु पनि त्यहाँ रहेको बताइएको छ।