नेकपाका शीर्ष नेतालाई भीम रावलले किन दिए चेतावनी ?

93

फागुन ४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे जथाभावी नबोल्न नेताहरुलाई चेतावनी दिएका छन्। एमसिसीबारे अध्ययन गर्न गठित कार्यदलका सदस्यसमेत रहेका रावलले यस विषयमा जथाभावी नबोल्न शीर्ष नेतालाई चेतावनी दिएका हुन्। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावी नबोल्न रावलले चेतावनी दिएका हुन्। नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भीर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले केन्द्रीय समिटीको कार्यादेशविपरीत कुनै पनि व्यक्तिले अन्यथा कुरा गर्‍यो भने त्यो औचित्यहिन हुने बताए।

केन्द्रीय समितिले दिएको अधिकार अनुसार आफूहरूले एमसीसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल भइरहेको भन्दै एमसीसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको उनले बताए। ‘नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णयबमोजिम गम्भीर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छु उनले भने, ुकार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा गर्‍यो भने त्यो औचित्यहित हुन्छ।’ कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिव्यक्ति नदिने विषयमा आचारसंहिता बनाएको उनले बताए। कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेशविपरीत अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने उनको भनाइ थियो।

रावलले संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जनभन्दा बढी सम्झौता पनि कार्यदलले फेला पारेको खुलासा गरे। अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरू पनि हुन सक्ने उनले बताए। संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उनले बताए। कार्यदलको सयम १० दिनका लागि थप गरिएको छ। ‘थपिएको १० दिनमा प्रतिवेदन तयार हुन्छरु’ भन्‍ने प्रश्‍नमा, रावलले सम्झौताको अध्ययन गर्नुपर्ने भएकाले समथ थप गरिएको र तोकिएको समयभित्रै प्रतिवेदन तयार हुने विश्वास व्यक्त गरे। पहिले जानकारीमा नआएका कुरा पनि अध्ययनका क्रममा आएकाले समथ लागेको उनको भनाइ छ।
थाहाखबर