खरिपाटीमा क्वारेन्टाइनपछि तरंग, तस्विरमा हेर्नुहोस्

600

फागुन ४,
भक्तपुर । वुहानबाट आइतबार बिहानबाट १ सय ७५ जनालाई नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको विशेष विमानमा राखेर उनीहरुलाई उद्धार गरिएको हो । जसमा १ सय ७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदार रहेका छन् ।
चार वटा बसमा १ सय ७५ जनालाई बासँबारी खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपरसहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका–६पिपलबोट स्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा करिब १४ दिन राखिने छ ।

तर समाजमा सबै पढेका जानेका छैनन्, माइकिङ्ग गरेर हुन्छ कि घरघर पुगेर सरकारले चेतना फैलाउनु पर्दछ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७, बाँसबारीका स्थानीय शालिकराम छामिछानेले आइतबार हामीसंग कुरा गर्दै भने ‘जनचेनताको कमी भयो, सबैमा एक प्रकारको त्रास फैलिएको छ ।’
चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आइतरबार विहान ५ः३० बजे प्रहरीको सुरक्षाघेरमा रहेर चीन बाट ल्याएका नेपालीहरुलाई खरिपाटीमा राखियो ।

वरपर बस्ती छ । तालिम केन्द्रको पर्खालमा मेरो घर जोडिएको छ, तर कोही मानिस आएन्, हामीलाई चिन्ता लिनुपर्दैन भनेर, स्थानीय उषा बस्नेतले भनिन् । ल्याएकोमा स्थानीयको आक्रोश जति छ, त्यो भन्दा धेरै सरकारले जनचेतना फैलाउन नसकेकोमा देखिन्छ । खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा.नवीन फुयाँलको नेतृत्वमा नर्ससमेत रहने स्वास्थ्य टोली हुनेछ । जहाँ सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ ।
एक कोठामा कम्तीमा एक अर्को बेडको एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । जहाँ ३ जना सम्म बस्ने छन् ।

तालिम केन्द्रको दक्षिण तर्फ रहेको क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ ।शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ ।
क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गरिएको छ ।
दैनिक सरसफाईमा आवश्यक पर्ने वासिङ मेशिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रशको व्यवस्थान कोठाभित्र नै गरिएको छ ।

क्वारेन्टाइन बस्नेले यी कुरा पालन गर्नु पर्दछ
क्वारेन्टाइनमा १४ दिनसम्म बस्नु पर्दछ । पहिलो दिन स्वास्थ्यकमीद्धारा स्वास्थ्य जाँच एवं रगत संकलन गरिनेछ । अरू दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मामिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।
कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ ।
मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोड निर्माण गरिएको छ । अन्य खेलमा क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ ।
कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।
प्रत्येक दिन बिहान बिहानी खाजा, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । फोहरलाई तोकिए बमोजिम सुरक्षित ढंगबाट व्यवस्थापन गर्नु पर्नेछ ।
स्थानीयको लागि नजिकै स्थायी स्वास्थ्य केन्द्र

क्वारेन्टाइनबाट करिब ३ सय मिटर पूर्व तर्फ रहेको सामुदायिक भवनमा स्थानीय बासिन्दाको लागि निःशुल्क स्वास्थ्य जाँच केन्द्रको व्यवस्था गरिएको छ । जहाँ भक्तपुर अस्पतालका चिकित्सहरु खटिनेछन् । जसमा एक जना डाक्टर, एक नर्स र एक एम्बुलेन्स चालकले बिहान ९ बजेदेखि ३बजेसम्म बस्नेछन् ।