अभिभावकहरुलाई सचेतना जगाउँदै मदरल्याण्ड स्कूल

310

फागुन ४,
भक्तपुर । मदरल्याण्ड स्कुलले आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त पारिवारिक वातावरण निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका –९ स्कुलमा ’अभिभावक अभिमुखिकरण कार्यक्रम २०७६ तथा एसइइ २०७५ को बधाई तथा विदाइ’को आयोजना भएको छ ।

सूर्यविनायक नगरपालिका– ९ का वडाध्यक्ष उपेन्द्रराज केसीले विद्यार्थीहरुलाई मात्र नभई अभिभावकलाई समेत यस्तो जीवनपयोगी अभिभावक अभिमुखिकरण कार्यक्रम गरेर विद्यालयले समाज विकासमा धेरै ठुलो सहयोग पुु¥याएको बताए ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीले कानुनी सचेतना विषयक सडक सुरक्षा, लागुपदार्थ दुर्वेशनी, मानव बेचविखन र साइवर क्राइमका बारेमा प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय एवं अन्तर्राट्रिय जगतमा प्रसिद्ध मनोवैज्ञानिक परामर्शकर्ता रविन कटवालले संस्कारयुक्त पारिवारिक वातावरणको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा परामर्श दिएका हुन् । कार्यक्रममा मदरल्याण्ड स्कुका प्रार्चाय सन्जय खड्काले बेला-बेलामा विद्यार्थी तथा अभिभावकलाई जीवनोपयोगी शिक्षा दिने उद्देश्यले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना बताए ।
कार्यक्रममा एसईई २०७५ मा सम्मिलित २९ जनालाई विद्यार्थीलाई बधाईका साथ सम्मान गर्दै विदाई गरिएको थियोे भने करिब ३ सय ५० जना अभिभावकले उक्त सचेतना कार्यक्रममा सहभागिता जनाएका थिए ।