पूर्व सभामुख महराको मुद्दामा भोलि फैसला आउने

73

फागुन ४,
काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ । आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । ‘सम्भवतस् भोलि फैसला आउँछ’ उनले भने ।
आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो । स‌ंसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।