Sunday, October 18, 2026
Home समाचार सभामुखमा सापकोटा ‘निर्विरोध’

सभामुखमा सापकोटा ‘निर्विरोध’

494

माघ ७,
काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि एकजनाको मात्र उम्मेदवारी परेको छ । सापकोटामात्र उम्मेदवार संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको हो । सांसद सापकोटाले संसद सचिवालयले तोकेको समयभित्र मंगलबार संघीय संसद भवन नयाँबानेश्वरमा उम्मेदवारी दर्ता गराए ।सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक रहेका छन् ।