Wednesday, October 28, 2026
Home अर्थ माघ ९ देखि ‘दोस्रो नमोबुद्ध महोत्सव’ हुने

माघ ९ देखि ‘दोस्रो नमोबुद्ध महोत्सव’ हुने

247

माघ ६,
काभ्रे । दोस्रो नमोबुद्ध महोत्सव–२०७६ माघ ९ गते देखि हुने भएको छ । नमोबुद्ध उद्योग बाणिज्य संघको आयोजनामा भब्य रुपमा दोस्रो महोत्सव हुन लागेको हो ।पर्यटन वर्ष २०२० र तामाङ समुदायका साँस्कृतिक पर्व सोनाम ल्होछारलाई मध्य नजर गर्दै उक्त महोत्सव हुन लागेको संघका अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिए ।नमोबुद्ध उद्योग बाणिज्य संघको आयोजनामा नमोबुद्ध नगरपालिका वडा नं ४ को नीजि जग्गामा यहीं २०७६ साल माघ ९ गतेदेखि माघ १९ गतेसम्म दोस्रो महोत्सब हुन् लागेको हो । पर्यटन वर्ष सन् २०२० र तामाङ समुदायको पर्व सोनाम ल्होछारलाई लक्षित गरी महोत्सव हुन लागेको हो ।

११ दिन सम्म चल्ने उक्त महोत्सबमा एक सय भन्दा बढि स्टलहरु रहने ब्यवस्थापक ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले जानकारी दिएका छन् । महोत्सवमा स्थानीय उत्पादिन बुद्द चित्त माला विभिन्न भाषा भाषीले प्रयोग गर्ने पोषाक, अन्य लत्ताकपडा, विभिन्न कम्पनी, संघसंस्थाका स्टलहरु स्वास्थ्य शिविर, खेलकुदका सामग्रीहरु, दैनिक जीवनमा उभोग हुने समग्रीहरु आदी मेलामा उपलब्ध हुने लामाको भनाई छ ।