प्रदेशसभा बैठकमा भक्तपुरका सांसद थापाले गरे यस्तो माग

3041

पुस २३,
हेटौंडा । प्रदेश ३ को राजधानी र नामाकरणबारे प्रदेशसभामा छलफल भएको छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ । छलफलको आरम्भमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरलाई राजधानी बनाउनुपर्ने तर्क अघि सारे ।

नेकपा सचिवालय बैठकले प्रदेशको नाम राजधानी र राजधानी हेटौंडा कायम राख्न निर्देशन जारी गरे पनि नेकपा प्रदेशसभा सदस्य थापाले भक्तपुरको सानोठिमीलाई प्रदेश राजधानी बनाउनुपर्ने तर्क गरेका हुन् । उनले भक्तपुर प्रदेश ३ का १३ वटै जिल्लाको केन्द्र रहेको दावी गर्दै शिक्षा मन्त्रालयको अधिनमा सानोठिमीमा रहेको करिब दुई सय रोपनी जग्गा र त्यहाँ रहेका शैक्षिक कार्यालयका भवनहरु प्रदेश राजधानीका लागि उपयुक्त हुने बताए । उनले कृषि विकास तालिम केन्द्रको भवनलाई प्रदेशसभा भवन बनाउन सकिने भन्दै हेटौंडालाई राजधानी बनाउन उपयुक्त नहुने तर्क गरे । -रातोपाटीबाट