विमान दुर्घटनाः कहाँका थिए ज्यान गुमाउने यात्रु ?

111

पुस २३,
काठमाडौं । सय ७० भन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको युक्रेनको बोइङ ७३७–८०० विमान इरानमा दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको इरानको मिडियाले जानकारी दिएको छ । युक्रेन इन्टरनेसनल एयरलाइनसको पीएस७५२ विमान स्थानीय समयअनुसार ६ बजेर १२ मिनेट जाँदा तेहरानस्थित इमाम खोमेनी विमानस्थलबाट युक्रेनको राजधानी किएभका लागि उडान भरेको केही मिनेटमा नै दुर्घटनाग्रस्त बनेको थियो ।

तेहरानस्थित युक्रेनको राजदूतावासले इन्जिनमा समस्या आएपछि विमान दुर्घटना भएको र हालसम्म यो दुर्घटना आतङ्कवादसँग सम्बन्धित रहेको नपाइएको बताएको छ । ‘प्रारम्भिक जानकारी अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बुझिएको छ । तत्कालका लागि आतङ्कवादी आक्रमणलाई खारेज गरिएको छ,’ युक्रेनको विदेशमन्त्रालयको वेबसाइटमा जारी गरिएको दूतावासको विज्ञप्तिमा भनिएको छ ।