दुई विमान जनकपुरमा आकस्मिक अवतरण

256

पुस १८,
जनकपुर । छुट्टाछुट्टै स्थानबाट काठमाडौंका लागि उडेका यति एयरलाइन्सका दुईवटा विमान प्रतिकुल मौसमका कारण जनकपुरधाममा आकस्मिक अवतरण गरिएको छ । नेपालगञ्ज तथा तुमलिङ्गटारबाट काठमाडौंका लागि उडेका दुई विमान आकस्मिक रुपमा जनकपुरतर्फ डाइभर्ट गरिएको हो । कठमाडौंमा निरन्तर परेको पानीका कारण अवतरणका लागि मौसम प्रतिकुल भएपछि जनकपुरमा अवतरण गरिएको जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले शिलापत्रलाई जानकारी दिएका छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश खुल्ला नभएकोले विमान डाइभर्ट गरी जनकपुर पुगेको ढकालले बताए । उनका अनुसार त्रिभुवन विमानस्थलको आकाश हाल खुल्दै गएकाले नेपालगञ्जबाट उडेको विमान केही समयपछि काठमाडौं तर्फ उडिसकेको छ । तुम्लिङ्टारबाट आएको विमान भने केहीबेरपछि उड्ने तयारीमा रहेको छ ।