कालिकोटमा प्रहरीको एक्सनः १५ छाउ गोठ भत्काइयो, तस्विरमा हेरौं

362

पुस १९,
कालिकोट । कर्णाली र सुदुरपश्चिम प्रदेशका केही जिल्लामा सामाजिक विकृतिकको रुपम छाउ प्रथा अझैं कायम छ ।
कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिकाका वडा नम्बर ३, ५, ८ र ९ का विभिन्न स्थानमा रहेका १५ छाउ गोठ भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामबाबू ओलियाले जानकारी दिएका छन् ।

महिलाको महिनावारी (रजस्वाला) हुँदा प्रयोगमा आउने हाल खाली रहेका खडक बहादुर शाही, तुल सहकारी, अग्र बोहरा, गंग बहादुर शाही, नन्द बहादुर शाहीका परिवारले प्रयोग गर्दै आएको छाउ गोठ प्रहरीले भत्काएको हो । त्यसैगरि खड्क नाथ, बुङ्ची शाही, धनसरा शाही, मन बहादुर शाही, अम्मर दर्जी, माङ्ले दर्जी, मान नाथ योगी, पार्वती शाही, पदमनाथ योगी र एक सामुहिक प्रयोग गर्ने समेतका छाउ गोठहरु समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीको सक्रियतामा भत्काएको प्रहरी प्रमुख ओलीले बताए ।

उक्त सामाजिक विकृति अन्तय गर्नकालागि स्थानिय सरकारका जनप्रतिनिधी, भद्र भलादमी, बुद्धिजिवी, आमासमुहले समेत सहयोग गरेका थिए । बिहीबार र शुक्रबार गरेर छाउ गोठहरु भत्काइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख ओलियाले जानकारी दिएका छन् । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ।

यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ।