Saturday, October 3, 2026
Home समाचार पुस १५ गते कहाँ-कहाँ सार्वजनिक बिदा ?

पुस १५ गते कहाँ-कहाँ सार्वजनिक बिदा ?

838

पुस ११,
पोखरा । गण्डकी प्रदेश सरकारले १५ पुस (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णय शुक्रवार सार्वजनिक गर्दै भौतिक विकास पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले गुरुङ समुदायको विशेष चाड ल्होसारलाई मध्यनजर गर्दै १५ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए । सरकारले गुरुङ समुदायको पर्व ल्होसारमा दिंदै आएको राष्ट्रिय बिदा कटौती गरेको भन्दै तमु ह्युल छोंज धिंको अगुवाइमा गुरुङ समुदायले पोखरामा गत आइतबार प्रदर्शन समेत गरेका थिए ।