‘बुवाको नाम पनि लिन चाहन्‍नँ’

132

सन्तोष यादव/थाहाखबर डटकम
मंसिर २२,
जनकपुर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममा कुस्तीको प्रतिस्पर्धा जारी छ। शनिबार ५५ केसी तौल समूहको प्रतिस्पर्धामा कञ्चनपुरको भीमदत्त नगरपालिका(३ तिलकपुरकी १९ वर्षीया संगीता धामीले कुस्तीबाटै देशलाई ऐतिहासिक स्वर्ण पदक जिताइन्। बंगलादेशकी सखिरा सरकाररिनेलाई ४/१ अंकले पराजित गरी स्वर्ण जित्‍न सफल भएकी उनी खुसीले हाँस्‍नुको साटो भावविह्वल हुँदै रोएकी थिइन्। चार छोरीमध्ये साहिँली उनी स्वर्णमा सफल भएपछी चर्चामा छिन्।

उनी भन्छिन्, बुवाले सानैमा छाडेर जानुभयो। आमाले दूध बेचेर पढाउनुहुन्छ। आमा र गुरुहरुले मलाई यहाँसम्म ल्याइ पुर्‍याउनुभयो। छोरीहरुलाई हेला गर्दै बुवाले अर्की बिहे गरेर हिँडेपछि उनीहरुको बिचल्ली भयो। त्यसपछि संगीताकै ठूलोबुवाले उनकै जग्गामा सानो झुपडी हालिदिएका थिए। ठूलोबुवाले बनाइदिएको त्यही झुपडीमा अनेक हण्डर खाएर बढेका संगीता र दिदीबहिनीको संघर्षको यात्रा जारी छ। आमा धनाले उनीहरुलाई ज्याला गरेर हुर्काएकी थिइन्। अहिले पनि छिमेकीले दिएको ऋणले पालेको भैंसीको दूध बेच्‍न थालेपछि जीविकोपार्जन सहज भएको छ। अनेक हण्डर खेपेकी धनाले संगीतामाथिका दुई छोरीको बिहे पनि गराइसकिन्। बुवाले अर्कै महिलासँग बिहे गरेर हिँडेपछि चार छोरी हुर्काउने जिम्मा पुरा गरेकी धनाको पनि संगीताले जितेको स्वर्णले शीर ठाडो बनाइदिएको छ। अनेक हण्ड र कष्ट खेप्दै हुर्किएकी उनै धनाकी साहिँली छोरी संगीताको परिचय अब झुपडीबाट फैलिएर देशभरि पुगेको छ। स्वर्ण जितेको भोलिपल्ट जनकपुरमै संगीतासँग थाहा खबरकर्मी सन्तोष यादवले गरेको संरक्षिप्त कुराकानी:

कुस्तीबाट ऐतिहासिक स्वर्ण पदक जित्दा कस्तो अनुभूति भयो ? 

  • स्वर्ण जित्‍न पाएपछि अत्यन्त खुसी भएकी छु। देशका लागि अहिलेसम्म कसैले पनि कुस्तीबाट स्वर्ण पदक जित्‍न सकेको थिएन। सधैं दुःख झेल्दै आएको थिएँ। देशका लागि कुस्तीबाट पहिलो स्वर्ण जित्‍न पाएपछि खुसीले रोएँ पनि। आँसु थाम्‍नै सकिन मैले। महिला पनि पुरुष भन्दा कम हुँदैनन् र छैनन्। महिलालाई कमजोर ठान्‍नु हुन्‍न। के पुरुष जस्तो महिलाले हरेक काम गर्न सक्दैन ररु सक्छन्। महिलाले अवसर पाए हरेक काम पुरुष जस्तै गर्छ सक्छन्। बरु जे महिला गर्न सक्छिन्, त्यो पुरुष गर्न सक्दैनन्। महिलाहरु अहिलेसम्म अवसर नपाएर मात्र पछाडि परेको जस्तो मलाई लाग्छ।
  • स्वर्ण जित्छु जस्तो लागेको थियो ?
  • मलाई तालिम दिने प्रशिक्षक/गुरुहरु जहिल्यै तिमीले स्वर्ण जित्छौ भन्दै हुनुहुन्थ्यो। उहाँहरुको कुराले म उत्साहित भएकी थिएँ। तर पनि स्वर्ण नै जित्छु भन्‍नेमा शंका थियो। पहिलो पटक दक्षिण एसियाली खेलकुदमा भाग लिँदै गरेकाले स्वर्ण नै जित्‍नेमा आफैँलाई भरोसा लागिसकेको थिएन। पहिलो पटक विदेशी खेलाडीसँग भिँड्दा डर पनि लागेको थियो। तर आँट गरेर भिडेपछि स्वर्ण नै जित्‍न सफल भएँ।
  • अगामी लक्ष्य के छ ?
  • निरन्तर तालिम गरेर भविष्यसम्म गेम नै खेलिरहने सोच बनाएकी छु। खेल क्षेत्रमै अझै अगाडिसम्म पुग्‍ने लक्ष्य साँचेकी छु। ठ्याक्कै के बन्‍ने अहिल्यै भन्दिनँ। तर लक्ष्य प्राप्तिका लागि निरन्तर संघर्ष गरिरहन्छु। अहिले म हेल्थ लिएर बिएड प्रथम वर्षमा अध्ययनरत छु। खेलसँगै पढाइलाई पनि निरन्तरता दिन्छु। कसरी कुस्ती खेलमा लाग्‍नुभयो? कक्षा १० मा पढ्दा गुरुको प्रेरणाले कुस्ती खेल्न सुरु गरेँ। बिहानदेखि दिउँसोसम्म पढ्थेँ र साँझ तालिम गर्थेँ। निरन्तर अभ्यास गर्दा गर्दै जिल्लास्तरमा र राष्ट्रिय खेलकुदमा पनि प्रतिस्पर्धा गरेँ। योसँगै गुरुहरुले प्रशिक्षण दिनुभयो। अहिले पनि गुरुहरु मुम्ताज अली, इद्रिस सिंह, सिवधारी यादव, राजेन्द्र चन्द लगायतकाले तालिम (प्रशिक्षण) दिनुहुन्छ। उहाँहरुकै कारण स्वर्ण जित्‍न पाएँ। सबै गुरुलाई धन्यवाद दिन चाहन्छु। घरपरिबारबाट कस्तो सहयोग प्राप्त भयो? घरबाट राम्रै सहयोग पाएँ। तर आमाबाट मात्रै। आमाकै कारण आज यहाँसम्म आइपुगेकी छु। म १० कक्षामा पढ्दै गर्दा बुवाले अर्को बिहे गर्नुभयो। र, हामीलाई छाडेर जानुभयो। उहाँको नाम पनि लिन चाहन्‍नँ। जे होस् आमाबाट सोचेभन्दा बढी सहयोग पाएकी छु। आमाले भैंसी पाल्नुभएको छ। दूध बेचेर हामी चार बहिनी छोरीलाई पढाउँदै हुनुहुन्छ। समाज अहिले पनि महिलालाई कमजोर ठान्छ, तपाई के भन्‍नुहुन्छ? आमाकै कारण आज यहाँसम्म आइपुगेकी छु। म १० कक्षामा पढ्दै गर्दा बुवाले अर्को बिहे गर्नुभयो। र, हामीलाई छाडेर जानुभयो। उहाँको नाम पनि लिन चाहन्‍नँ। जे होस् आमाबाट सोचेभन्दा बढी सहयोग पाएकी छु। आमाले भैंसी पाल्नुभएको छ। दूध बेचेर हामी चार बहिनी छोरीलाई पढाउँदै हुनुहुन्छ। महिला पनि पुरुष भन्दा कम हुँदैनन् र छैनन्। महिलालाई कमजोर ठान्‍नु हुन्‍न। के पुरुष जस्तो महिलाले हरेक काम गर्न सक्दैन र? सक्छन्। महिलाले अवसर पाए हरेक काम पुरुष जस्तै गर्छ सक्छन्। बरु जे महिला गर्न सक्छिन्, त्यो पुरुष गर्न सक्दैनन्। महिलाहरु अहिलेसम्म अवसर नपाएर मात्र पछाडि परेको जस्तो मलाई लाग्छ।
  • खेलाडीको क्षमता विकासका लागि सरकारले ध्यान दिँदैन भन्छन्, तपाईंलाई के लाग्छ?
  • सहयोग त गर्छ। तर जितेपछि मात्रै। गेमहरु जित्‍नुभन्दा अगाडिबाटै सहयोग गर्नुपर्छ। धेरै खेलाडी आर्थिक अभावका कारण अगाडि बढ्नै सक्दैनन्। त्यस्ता खेलाडीको पहिचान गरी राज्यले सहयोग गर्नुपर्छ। समय समयमा प्रशिक्षणको व्यवस्था गर्नुपर्छ। खेलाडीले आफ्नो लागि मात्र खेल्दैनन्, राष्ट्रको नाम पनि चम्माउन खेल्छन्। त्यसैले सरकारले अझ गम्भीर भएर खेलकुदको क्षेत्रमा लगानी गरोस् भन्‍ने मेरो भनाई छ।
    Read more at: http://www.thahakhabar.com/news/85838