सौगात र सृष्टि ‘सँगसँगै’मा

360

मंसिर २२,
काठमाडौं । फिल्म ‘सँगसँगै’ निर्माण हुने भएको छ । राजधानीमा शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको जानकारी दिइयो । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहने निर्माण टिमले जनायो । फिल्मको कथा रंगपत्रकार लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।
मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको ‘सँगसँगै’ को शुक्रबार भद्रकाली मन्दिरमा मुहूर्त गरिएको थियो ।

फिल्ममा साथी–साथीबीचको सम्बन्धलाई देखाइने निर्माण टिमले जानकारी दियो । यस्तै फिल्ममा सौगात र सृष्टिसँगै मुकुन भुसाल, आश्मा गिरी, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, सूर्य श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेनछ । सुवानी फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा तोरण क्षेत्री, विष्णु लामिछाने, रोशन केसी र विष्णुबहादुर केसीको लगानी रहनेछ । माघदेखि छायांकन शुरु हुने फिल्म नेपालसँगै अष्ट्रेलियामा समेत शूटिङ गरिनेछ । पछिल्लो समय सौगात र सृष्टिले एकपछि अर्को गर्दै फिल्ममा सँगसँगै काम गर्ने गरेका छन् ।