भक्तपुर नगरपालिकाले गर्यो प्रजिअ भट्टको विदाई कार्यक्रम
मंसिर २०,
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरबाट सरुवा भई मकवानपुर जानु जान लागेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टकोे विदाई कार्यक्रम गर्यो । नेपाल सरकारका जिल्लामा सबै भन्दा ठुला र मुख्य कर्मचारी प्रजिअलाई यो पटक भक्तपुर नगरपालिकाले विदाइ कार्यक्रम गर्दा स्वय्म नगरपालिकाका कर्मचारी नै छक्क परेको स्रोतको भनाई छ । कुनै पनि सरकारी कर्मचारीलाई महत्व नदिने र सरकारी निकायबीच समन्वयका लागि जिल्लामा आयोजना हुने बैठकमा भक्तपुर नगरपालिकाले उपस्थित जनाउदैंन । तर भक्तपुर ९९ रोपनि जग्गा प्रकरण र क्यान्सर अस्पतालमा हुने लफडाले भक्तपुर नगरपालिका मात्र होइन नगरको नेतृत्व गर्ने स्वयम् राजनीतिक दल समेत चकित छ ।
नेपाल सरकारका प्रधानमन्त्री आएर भक्तपुर सुभारम्भ भएको स्वरोजगार कार्यक्रम होस् वा भक्तपुरको नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुखको सवारी कुनै पनि कार्यक्रममा नेपाल मजदुर किसान पार्टी नेतृत्वमा रहेको भक्तपुर नगरपालिकाको आधिकारी उपस्थित हुदैंन । त्यसैले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टकोे विदाई कार्यक्रम धेरैलाई अचम्म लागेको छ ।प्रमुख सुनिल प्रजापतिले प्रजिअ भट्टलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र भादगाउँले कालो टोपी लगाई दिनु भएर विदाई गरेका थिए ।