सागको छैटौँ दिनः यस्तो छ पदक तालिका

192

मंसिर २०,
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को छैटौँ दिनसम्म १ सय ६९ वटा स्वर्ण पदकको टुंगो लागेको छ । प्रतियोगिताको पहिलो र दोस्रो दिन पदक तालिकामा अग्रस्थानमा रहेको नेपाल छैटौँ दिन पुग्दा भारत भन्दा ४० स्वर्णले पछि छ । भारतले अहिलेसम्म ८१ वटा स्वर्ण पदक हात पारेको छ । यता नेपालले ४१ वटा स्वर्ण पदकमा बाजी मारेको छ । नेपाल ४१ स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहँदा श्रीलंका २३ स्वर्ण सहिता तेस्रो स्थानमा छ भने पाकिस्तान १९ स्वर्ण सहित चौथो स्थानमा छ । यता बंगलादेशले ४ स्वर्ण जित्दै प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ भने माल्दिभ्सको एक स्वर्ण छ । भुटानले हालसम्म स्वर्ण पदकमा खाता खोल्न सकेको छैन् ।

प्रतियोगितामा भारतले ५९ रजत जितेको छ । रजतमा पनि भारत शीर्ष स्थानमा छ । श्रीलंकाले ४२ रजत जित्दा नेपाल २७, पाकिस्तान २५ र बंगलादेशले १८ रजत जितेको छ । माल्दिभ्स र भुटान रजत विहीन अवस्थामा छन् । श्रीलंका ६९ काँस्यमा जितेको छ । यता बंगलादेशले ५१ नेपालले ४८, पाकिस्तानले २९, भारतले २५, भुटानले ६ र माल्दिभ्स २ वटा काँस्य जितेको छ । -ratopati