भारत विरुद्ध जर्मनमा नेपाली जागेपछि

88

नेपाल समाचारपत्र
मंसिर ४, काठमाडौं। नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएकोप्रति गैरआवासीय नेपाली संघको अगुवाइ जर्मनमा रहेको भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ। एनआरएन आईसीसी अध्यक्ष कुमार पन्तको अगुवाइमा भएको विरोध प्रदर्शनमा विभिन्न संघसंगठनका प्रतिनिधिहरूको उपस्तिथि रहेको थियो।

भारतले जारी गरेको नक्साविरुद्ध पहिले नै भारतीय दूतावासलाई एनआरएनले ज्ञापनपत्र बुझाएको थियो।
आफ्ना सबै राष्ट्रिय समितिलाई विरोधको कार्यक्रम निर्देशन गरेको आईसीसीले आफ्नो निरन्तर कार्यक्रमअन्तर्गत मंगलबार जर्मनमा प्रदर्शनी गरेको हो। हेसन राज्यको फ्रान्क्फोर्ट शहरमा अवस्थित भारतीय दूतावासअगाडि विरोध कार्यक्रम गरिएको थियो।