३ करोडको लागतमा संचालित टोड्के रिसोर्ट प्रालिले पर्यटकलाई आकर्षित

200

कात्तिक २०,
म्याग्दी : समुद्री सतहदेखि २ हजार ४ सय ३० मिटरको उचाइमा रहेको म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ९ जना संस्थापकसहित ३३ जना व्यवसायीको करिब ३ करोडको लागतमा संचालित टोड्के रिसोर्ट प्रालिले पर्यटकलाई आकर्षित गर्नका लागि गज्जबको उपाय अबलम्बन गरेको छ। परम्परागत तरिकाले कुनै पनि व्यवसाय अब सफल हुन सक्दैन भन्ने कुरा बुझेका रिसोर्ट संचालकले नयाँ उपाय पर्यटकीय स्थल टोड्केको प्रचारप्रसारसँगै आफूलाई पनि व्यावसायिक लाभ हुने बताएका छन्। म्याग्दीको रघुगंगा, मंगलागाउँ पालिका र बेनी नगरपालिका गरी तीनओटा स्थानीय तहको बोर्डर (सीमा)मा रहेको पर्यटकीय स्थान टोड्केको टोड्के रिसोर्ट प्रालिमा शनिबार नितान्त नौलो कार्यक्रम गरेर पर्यटकको ध्यान आकर्षित गरिएको छ। म्याग्दी जिल्लामा जन्मिएर संसारका विभिन्न देशहरूलाई कर्मथलो बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागि भएका ५० वर्षमाथिका पाँचजना खेलाडीहरूलाई सम्मान गर्नुका साथै १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा भाग लिने ह्याण्ड बलका खेलाडीहरूलाई टोड्केमा बोलाएर हाइअल्लिच्यूड तालिमको समेत आयोजना गरेर टोड्के हिल रिसोर्ट प्रालिले पर्यटकको ध्यानाकर्षण गराएको हो।