हिलो र धुलो मुक्त बनाउने प्रयासमा छुः वडाअध्यक्ष, कुश ढकाल

758

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाअध्यक्ष कुश ढकाल यसो भन्नुहुन्छः
यो वडामा सिंहदरबार, अनामनगर, डिल्लीबजार, मैतीदेवी, सेतो पुल, धोवीखोलालगायतका स्थान पर्दछन् । करिब ३० हजार जनंख्याको बसोबास भएपनि बसाईसरेर अन्यत्र जानेका कारण संख्यामा कमि हुन सक्छ । म निर्वाचत भएर आएपछि मेरो पहिलो उद्देश्य भनेको नै वडालाई हिलो, धुलो मुक्त गर्दै उज्यालो वडा बनाउने हो । यो काममा केही हदसम्म हामी सफल भएका छौं । मानिस हिड्नेस्थानमा हिलो नहोस भन्ने मेरो चाहाना छ । पिच राम्रो होस् भन्ने छ । भूगोलको हिसावले सानो भएपनि साँघुरा गल्ली, साना सडकले गर्दा समस्या हुने गरेको छ । करको दायरमा सबै मानिस आउदैंन् ।

वडाअध्यक्ष कुश ढकाल यसो भन्नुहुन्छः

हामीले तिरकको कर सदुपयोग हुदैंन् भन्ने भ्रम छ । विदेश जाने, घरजग्गा बिक्रि गर्ने र बैंकबाट ऋण लिने कामका लागि मात्र मानिस वडामा आएर कर तिर्दछन् । वीर गणेशमान सिंह जेष्ठ नागरिक भवन निर्माणको क्रममा रहेको छ । त्यसका लागि सांसद प्रकाशमान सिहले ७२ लाख रुपैँया सांसद विकाश कोषबाट प्रदान गर्नु भएको छ । हाम्रो वडा कार्यालय भवन बन्ने क्रममा छ । अनामनगरमा निर्माण हुने भवनको टेण्डर प्रक्रिया सुरु हुदैंछ । यो वर्ष हामी अघिल्लो वर्ष बाकीँ रहेका काम गछौं । ढलान गर्ने, ढलहरु बिग्रीएको बनाउने, सडकबत्ति राख्ने काम गछौं ।

संघीयता लागू हुन सकेन्
वडाबाट करिब १९ करोड राजश्व उठाएर महानगरपालिका पठाउछौं । तर उताबाट हामीलाई २ करोडमात्र आउछ । वडामा उठाएको ५० प्रतिशत रकम हामी बिकाश निर्माणमा खर्च गर्न पाए राम्रो हुने थियो । यस्ता कारणले गर्दा जनताले सोचेजस्तो काम हामी गर्न सकिरहेका छैनौं । पटक पटक यो कुरा महानगरमा राख्दा सुनुवाई भएन् । काठमाडौं महानगरले जनताको आशा पुरा गर्न सकेन् ।

समन्वय भएन्
विकाश निर्माणका काम गर्ने निकायबीच समन्वय भएन् । सिहंदरवारको सबै काम वडामा भने पनि सरकारी निकायले समन्वय गर्न आउदैंनन् । खानेपानी, विद्युत प्राद्यिकरण, टेलिकमले वडासंग सहकार्य गर्नु पर्ने गर्दनन् । कि त सबै अधिकार वडामा दिनु पर्ने तर कामका लागि उनीहरुलाई पटक पटक फोन गर्दा पनि काम गर्दैनन् ।

सरसफाईमा युवा विद्यार्थी परिचालन गरौं
मुलुकमा रहेको बेरोजगारी समस्या समाधानकालागि शैक्षिक बेरोजगारलाई घण्टाको हिसाबमा काम दिने हो भने सरसफाई पनि हुन्छ । अर्का तीर बेरोजगार समस्या पनि समाधान हुन्छ ।

आफ्नो वडा आफै बनाउने हो
वडाका बासिन्दाहरुमा वडा बनाउनु पर्दछ भन्ने भावना हुनु पर्दछ । सक्नेहरु कसरी अमेरिका, युरोप, अष्टेलिया, जापान जाने भनेर लाग्ने र नसक्नेहरु खाडी जाने भनेर लागेपछि कसरी वडा विकाश हुन्छ ? त्यसलै आफ्नो वडा बनाउन आफैं लाग्नुको विकल्प छैन् ।                                             –(कुराकानीमा आधारित)