यौन समस्याः ‘मेरो स्खलन करिब तीन मिनेटमै हुन्छ ’

289
सांकेतिक तस्विर

यौन स्वास्थ्य । म २९ वर्षीय अविवाहित पुरुष हुँ । अहिलेसम्म मेरो दुई–तीनचोटि उपवास भयो । मेरो स्खलन करिब तीन मिनेटमै हुन्छ । के भएर त्यस्तो भएको हो ? र समाधान के हुन सक्छ ।   –बी

उपवासको कुरा

उपवास भनेको दिनभर वा अहोरात्र भोजन नगर्ने अर्थात् खाना नखाने भन्ने अर्थ लाग्छ । हामीले बोलीचालीको भाषामा हामीले व्रत बस्ने भन्छौं । तपाईंले यहाँ उपवासको प्रसङ्ग किन जोड्नुभएको थाहा पाइएन । सायद तपाईले सहवास भन्न खोज्नुभएको हो कि रु सहवासको अर्थ एकसाथ बस्ने भन्ने अर्थ लाग्छ, तर सामान्य बोलीचालीको भाषामा हामीले यौनसम्पर्कका लागि पनि सहवास शब्दको प्रयोग भएको पाउँछौं ।\उपवास भनेको दिनभर वा अहोरात्र भोजन नगर्ने अर्थात् खाना नखाने भन्ने अर्थ लाग्छ । हामीले बोलीचालीको भाषामा हामीले व्रत बस्ने भन्छौं । तपाईंले यहाँ उपवासको प्रसङ्ग किन जोड्नुभएको थाहा पाइएन । सायद तपार्इंले सहवास भन्न खोज्नुभएको हो कि ? सहवासको अर्थ एकसाथ बस्ने भन्ने अर्थ लाग्छ, तर सामान्य बोलीचालीको भाषामा हामीले यौनसम्पर्कका लागि पनि सहवास शब्दको प्रयोग भएको पाउँछौं ।

यौनसम्पर्कको अवधि

पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलन सम्मको समय (Intravaginal Ejaculation Latency Time) व्यक्ति–व्यक्तिअनुसार फरक हुन्छ र एक व्यक्तिको पनि फरक समयमा फरक हुन सक्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ ।

सामान्यत: यो उमेर बढ्दे जाँदा केही घट्ने देखिएको छ । त्यसैगरी, किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशतले चरमसुख पाएको कुरा देखिएको थियो । कम्तीमा दुईवर्ष विवाहित जीवन बिताइसकेका पुरुषहरू सम्मिलित एक अध्ययनमा स्वस्थ व्यक्तिहरूको सालाखाला यस्तै ३ दशमलव शून्य १ मिनेटमा वीर्य स्खलन भएको थियो ।

शीघ्र वीर्य स्खलन

प्राय: सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । योनिमा घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भएमा त्यसलाई शीघ्रस्खलन मान्न थालिएको छ । यस्तो स्थितिमा यौनसम्पर्कबाट प्राप्त गर्ने सुख नपाइने कुरा सत्य नै हो ।

यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एक गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या झनै बढाउँछ । आक्कल–झुक्कल यस्तो शीघ्र स्लखन हनु अस्वाभाविक होइन, त्यसैले यस्तो स्थितिमा खासै अनावश्यक रूपमा चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या झनै बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय पनि छन् ।

    यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रीडा सुरु गर्ने ।

    पुरुष माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ ।

    यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भए पछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा यौन उत्तेजना केही कम भए पछि पुन: यौनक्रीडा सुरु गर्ने ।

    कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्रस्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाईदा पुर्‍याउँछ ।

    पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।

    अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन्, जसले शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ । अभ्यस्त हुन निकै लामो समय लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणको अभ्यास पनि अर्को राम्रो उपाय हो ।   -साप्ताहिकबाट