भाइटीका किन दुई दिन?

344

कात्तिक १२,
आफू मातहतको पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको भाइटीका मंगलबार रहेको उल्लेख हुँदाहुँदै सरकारले नै यो वर्ष नेवार समुदायको भाइटीकाका लागि छुट्टै विदा दिएको छ बुधबार। अर्थात् यो वर्ष भाइटीका दुई दिन मनाइँदैछ। समितिको पञ्चाङ्ग अनुशरण गर्नेले मंगलबार र विशेषगरी नेवार समुदायले बुधबार। सरकारी जागिरमा रहेकोहरूका लागि एकदिनको विदा फाइदा भएको छ। सरकारी पात्रोमा मंगलबार ४ घडी ५ पला अर्थात् ७ः५१ बजेसम्म प्रतिपदा रहने त्यसपछि द्वितीया लाग्ने बताइएको छ। त्यसैले यही दिन भाइटीका गर्नुपर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले बताए। समितिले यो वर्षको भाइटीकाको साइत मंगलबार ११ बजेर ५५ मिनेटका लागि तोकेको छ। यता द्वितीयाको सूर्योदय हुने दिन नै भाइटीका (किजापूजा) गर्ने भन्दै नेवार समुदायले बुधबार मनाउने भएको हो। नेवार संस्कृतिका जानकार महेश्वर जुजु राजोपाध्यायका अनुसार जुन दिनको पर्व मनाउने हो, सूर्योदय पनि त्यही तिथिमा हुनुपर्छ। भाइटीका कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने पर्व भएकाले प्रतिपदाको सूर्योदय भएको दिन मनाउन मिल्दैन। ‘मंगलबार ४ घडी ५ पलापछि द्वितीया लाग्ने भए पनि प्रतिपदामा सूर्योदय हुन्छ’, उनले भने, ‘बुधबार द्वितीयामा सूर्योदय हुने भएकाले भाइटीका त्यसै दिन गर्न लागेका हौँ। समितिका सदस्यसचिव ढुंगेलले निकालेको सूर्य पञ्चाङ्गमा गोवर्धनपूजा यमद्वितीया, भाइटीका, किजापूजा र नेपालसंवत् ११४० शुरु हुने एकै दिन उल्लेख छ। तथ्य के हो भने नेवार समुदायले म्हःपूजा नयाँ वर्षकै दिन प्रतिपदाकै दिन गर्छ। त्यसैले त अरुले भाइटीका गरेको दिन नेवारहरू नयाँ वर्ष मनाउँदैछन्। बेलुकी म्हःपूजा गर्दैछन्। भोलिपल्ट भाइटीका लगाउँदैछन्। सरकारी पात्रोमै बुधबार द्वितीया ११ पला मात्रै छ। सूर्योदय ६।१३ मा हुन्छ भने ६।१८ सम्ममात्रै अर्थात् पाँच मिनेट मात्र द्वितीया रहन्छ। अर्थात् टीका लगाउने समय त द्वितीया घर्किएर तृतीया लाग्ने भयो। उदेकलाग्दो विषय त के भने सरकारी पात्रोमा मंगलबार नै भाइटीका, किजापूजा र नेपाल संवत्को नयाँ वर्ष उल्लेख गरिएको छ। म्हःपूजा (आत्मपूजा) भने अघिल्लो दिन नै गर्नुपर्ने बताइएको छ। शास्त्रमा उल्लेख गरिएको भन्दै समितिले गाईगोरु म्हःपूजा सोमबार नै गर्नुपर्ने दाबी गरेको छ। समितिका सदस्यसचिव ढुंगेलले निकालेको सूर्य पञ्चाङ्गमा गोवर्धनपूजा यमद्वितीया, भाइटीका, किजापूजा र नेपालसंवत् ११४० शुरु हुने एकै दिन उल्लेख छ। तथ्य के हो भने नेवार समुदायले म्हःपूजा नयाँ वर्षकै दिन प्रतिपदाकै दिन गर्छ। त्यसैले त अरुले भाइटीका गरेको दिन नेवारहरू नयाँ वर्ष मनाउँदैछन्। बेलुकी म्हःपूजा गर्दैछन्। भोलिपल्ट भाइटीका लगाउँदैछन्। पर्व मनाउन अन्योल तिथिको अन्योलका कारण केही नेवारहरूले सोमबार बेलुकी नै म्हःपूजा गरेका छन्। मंगलबार नै भाइटीका गर्ने तयारीमा छन्। वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनका अनुसार यो वर्षको तिहार मनाउने विषयमा नेवारी परम्पराका ज्ञाताहरूमै दुइ मत देखिएको छ। ‘एकथरीले कर्मको काल बिहान, दिउँसो, बेलुकी वा राति जतिखेर हो त्यतिखेर रहने तिथि लिने (यस्य कृतस्य यः कालस्तत्कालव्यापिनी तिथिः) परम्परा हो भनेका छन्’, उनी लेख्छन्, ‘अर्काथरिले सूर्योदयका वेला हुने तिथिअनुसार दिनभर कर्म गर्ने परम्परा हो भनेका छन्।’ यी दुई मान्यताअनुसार एकथरीले ८ गते नै कागतिहार मनाएर गरेर १२ गते भाइटीका मनाउन लागेका हुन् भने अर्काथरीले ९ गते कागतिहार गरेर १३ गते भाइटीका गर्न लागेका हो।