भक्तपुरको छालिङ्ग पुगेर गृहमन्त्री थापाले यसो भने

757

कार्तिक १०,
भक्तपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बर्तमान सरकार जनताको चाहाना अनुसारको सुखी नेपाली र संम्वृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ अगाडी बढेको बताएका छन् ।
नेकपा चाँगुनारायण नगर वडा नम्बर ५ कमिटिले छालिङ्गमा गरेको आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने ‘देशलाई समाजलाई, नगरलाई, गाउँलाई संम्वृद्ध बनाएर दुःखबाट मुक्त हुने हाम्रो चाहाना हो । ’ नेपालमा पछिल्लो भएको तिव्रगतिमा विकाश भईरहेको र आर्थिक वृद्धिदर ७.१ प्रतिशत भन्दा धेरै भएको तंथ्यांक आएको गृहमन्त्री थापाको भनाई छ ।
सरकारले १५ औं पञ्चवर्षीय योजनामा ८ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ, उनले भने । आउने ५ वर्षभित्रमा दोहोरो अंकको विकाश वृद्धिदर हासिल गर्ने लक्ष्य रहेको र १० प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर भएमा सन् २०३० सम्ममा नेपाललाई संम्वृद्ध मुलुक बनाउने सरकारको तयारी रहेको गृहमन्त्री थापाले बताए ।

यो आर्थिक वर्षदेखि आयातमा कमि आएको र निर्यात बढेकाले व्यापार घाटामा समेत कमि भएको उनको भनाई छ । संघीय सांसद महेश बस्नेतले भक्तपुरमा विकाश निर्माण तिव्र गतिमा भईरहेको र नेकपाको नेतृत्वमा रहेका स्थानीय सरकारले एउटा वडामा ३ करोड रुपैयाँ भन्दा धेरै बजेट विनियोजन गरेको बताएका छन् । उनले वर्तमान सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार विकाशमा जोड दिएको बताए । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भक्तपुर नगरकोट सडकखण्ड समयमा नै निर्माण सम्मपन्न नहुदाँ भम्रण वर्ष सन् २०२०लाई असर पर्ने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । नगर प्रमुख मिश्रले भने ‘चाँगुनारयण नगरपालिकाभित्र दुई वर्षमा विकाशका सम्पूर्ण पूर्वाधार निर्माण गरेर १३ हजार घरघुरीमा खानेपानी सुविधा पु¥याउने छु ।