Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय कतारमा कामदारले कम्पनी फेर्न पाउने

कतारमा कामदारले कम्पनी फेर्न पाउने

68

कात्तिक ३,
दोहा : कतारले कफाला प्रणालीको विधिवत अन्त्य गर्दै रोजगारदाता फेर्न पाइने कानुन अगाडी सारेको छ। कतार सरकारले पारीत गरेको नयाँ कानुन अनुसार अव रोजगारदाता परिवर्तन गर्न सुरुवाती रोजगारदाताको नो अव्जेक्सन लेटर पनि नचाहिने भएको छ। कतारको नयाँ कानुनले सुरक्षा निकायबाहेकका अरु कामदारलाई रोजगारदाता फेर्न नो अव्जेक्सन लेटर हटाएसँगै अब कतारमा कफालाको विधिवत अन्त्य भएको अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले जनाएको छ। नयाँ सुधारको स्वागत गर्दछ र श्रम क्षेत्र रुपान्तरणका लागि कतार सरकारले गरेको प्रतिवद्धताको सम्मान गर्ने आइएलओले जनाएको। कतारको पछिल्लो कदमले आप्रवासी कामदारको अधिकारलाई सुरक्षित गर्ने र यसले मुलुकको उत्पादकत्व पनि वृद्धि हुने आइएलओको भनाइ छ। कतारले रोजगारदाता परिवर्तन गर्न पहिलेजस्तो एनओसी लिन नपर्ने व्यवस्थाले कामदारलाई सहजता हुने छ। अब त्यसरी कुनै रोजगारदातासँग कार्यरत कामदार लिनु पर्ने भएमा पुरानो रोजगारदाताले कामदारको भर्ना खर्च वापत तिरेको सुरुवाती रकम नयाँ रोजगारदाताले तिर्नुपर्नेछ।