कोरोना भ्याक्सिनको देखियो साइड इफेक्ट

82

पुस २१,
खोप । फिनल्याण्डपछि अब बुल्गारियामा पनि अमेरिकी कमपनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । बुल्गारियाको औषधी विभागका कार्यकारी निर्देशक बाग्डन किरिलोवले सोमबार दिएको जानकारीमा ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । चारजनामध्ये दुईजनामा दुखाई र अन्य दुईमा सुस्तताका साथै तापक्रममा वृद्धिको समस्या देखिएको छ ।

बुल्गारियामा डिसेम्बर २७ देखि खोप अभियान सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिइएको छ । सोमबारसम्म करिब पाँच हजार जनालाई खोप दिइसकिएको छ ।
यसअघि पनि फिनल्याण्डमा पाँच जनामा भ्याक्सिनको गम्भीर साइड इफेक्ट देखिएको थियो । फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संसारभरी आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।