Monday, September 28, 2026
Home प्रदेश भारतको विहारसँग जोडिएको झापाको सीमा नाका ४८ घण्टा बोर्डर सिल हुने

भारतको विहारसँग जोडिएको झापाको सीमा नाका ४८ घण्टा बोर्डर सिल हुने

81

कात्तिक २,
भद्रपुर : भारतको विहारसँग जोडिएको झापाको सीमा नाका ४८ घण्टा बोर्डर सिल हुने भएको छ। (आज) शनिबार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म बोर्डर सिल हुन लागेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। विहार राज्यस्थित किशनगञ्ज जिल्लामा अक्टोबर २१ तारिख अर्थात् कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचनका हुँदैछ। उपनिर्वाचनलाई मध्यनजर गरी भद्रपुरसँग जोडिएको विहार बोर्डर ठप्प हुनेछ, भने बङ्गला बोर्डर खुल्ला रहने जनाइएको छ। भद्रपुरसँगै झापाको पाठामारी, केचना, घेराबारी, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका पनि सिल हुने भएको छ। किशनगञ्जमा हुने उपनिर्वाचनलाई मध्यनजर गरी दुई साता अघि गलगलियामा नेपाल-भारतका सुरक्षा निकायबीच बैठक बसेको थियो। सोही बैठकमा बोर्डर सिल गरी निर्वाचन सुरक्षामा सहयोग पुराइदिन भारतीय सुरक्षा निकायका प्रमुखले झापाका सुरक्षा प्रमुखसँग आग्रह गरेका थिए। निर्वाचनमा बोर्डर सिल गर्ने विषयमा झापाका सुरक्षा निकायले पनि सहमति जनाएको थियो। यता किशनगञ्जमा उपनिर्वाचन हुन लागेपछि सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले उच्च सतर्कता बढाइएको छ।