राष्ट्रपति सी र सत्तारुढ नेकपा सचिवालय सदस्यबीच भेटवार्ता

119

असोज २६,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालयका नेताहरूले सामूहिक भेटवार्ता गरेका छन्।

आज बिहान साढे दस बजे राष्ट्रपति सीले सचिवालय सदस्यसँग सामूहिक भेट गरेका हुन्। भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको सचिवालय सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

राष्ट्रपति सीले हिजो राष्ट्रपति विद्यादेवि भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गरेका थिए।