चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउने

61

असोज २५,
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो ४ः३० बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ । राष्ट्रपति जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तथा विमानस्थलमै गार्ड अफ अनर प्रदान गर्ने तयारी छ । राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ ।

दुई देशबिचको सम्बन्ध र सहकार्य बिस्तार तथा थप मजबुद बनाउनका लागि महत्वपूर्ण अवसर रहेकाले राष्ट्रपति जिनपिङको भ्रमणलाई चाडकै रुपमा मनाउने तयारी भइरहेको छ । सी को भ्रमणका क्रममा कनेक्टिभिटी, अरनीको राजमार्गको स्तरोन्ती, केरुङ–छहरे सुरुङ मार्ग, रेल मार्ग, विद्युतको अन्तरदेशीय ट्रान्समिसन लाइन बिस्तार लगाएतका विषयमा छलफल तथा सहमति हुने जनाइएको छ ।

यस्तै चीनसँग जोडिएका उत्तरी सीमा नाका किमाथाङ्का, कोरल्ला र हिल्साको स्तरोन्तीका बारेमा पनि छलफल हुनेछ। २३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो । सी को भ्रमणलाई सरकारले अत्याधिक महत्व दिँदै उच्चस्तरको तयारी गरेको छ । काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।-Newsofnepal.com