फेरि अर्को दुर्घटना तीन जनाको मृत्यु

113
सांकेतिक तस्विर

असोज २४, काभ्रे । सिन्धुपाल्चोक बस दुर्घटना भएर ११ जनाको मृत्यु भएको केही घन्टा नहुदै काभ्रेमा तीनजनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिका वडा नं. ३ खहरेपागुमा मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

महाभारत गाउँपालिकाबाट बनेपा आउने क्रममा बा ३ ख ३५९५ नम्बरको निसानको मिनिट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दसैं मनाएर फर्कने करिब ३५ भन्दा बढी यात्रु हुनसक्ने स्थानीयको भनाइ छ । वडाध्यक्ष लामाले जानकारी दिए ।

एम्बुलेन्स र उद्धार सामग्रीसहित प्रहरी घटनास्थलमा गइसकेको छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ ।