गयो महराको अर्को पद

102

असोज २३, काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका  निवर्तमान सभामुख कृष्ण बहादुर महराको सांसद पद निलम्बनमा परेको छ ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन् । अब उनको सेवासुविधा पनि रोक्का हुनेछ । फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।

संसद सचिवालयका महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले नियन्त्रणमा लिइएको थियो ।