Friday, October 2, 2026
Home समाचार प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा पशु सेवा विभाग त्रिपुरेश्वरका गाडी चालक...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा पशु सेवा विभाग त्रिपुरेश्वरका गाडी चालक पक्राउ

287

असोज १७
काठमाडौं । प्रहरीले काठमाडौंको सीतापाइलाबाट आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पशु सेवा विभाग त्रिपुरेश्वरका बा। १ झ ९९६६ नम्बरको गाडी चालक रामेछाप भँगेरी गाउँपालिका ०६ घर भई काठमाण्डौ स्वायम्भु बस्ने २५ वर्षीय हेम कुमार श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले बुधबार चेकजाँच गर्ने क्रममा उनले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि कारबाही गर्न खोज्दा ५ सय ५ रूपैयाँ दिन खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।