प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा पशु सेवा विभाग त्रिपुरेश्वरका गाडी चालक पक्राउ

258

असोज १७
काठमाडौं । प्रहरीले काठमाडौंको सीतापाइलाबाट आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पशु सेवा विभाग त्रिपुरेश्वरका बा। १ झ ९९६६ नम्बरको गाडी चालक रामेछाप भँगेरी गाउँपालिका ०६ घर भई काठमाण्डौ स्वायम्भु बस्ने २५ वर्षीय हेम कुमार श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले बुधबार चेकजाँच गर्ने क्रममा उनले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि कारबाही गर्न खोज्दा ५ सय ५ रूपैयाँ दिन खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।