भक्तपुरमा दिउँसै चोरी हुन थालेपछि स्थानीय त्रसित

459

नयाँ नेपाल न्युज
फागुन २९,
भक्तपुर । भक्तपुरका केही स्थानमा दिउँसै चोरी हुन थालेपछि स्थानीय त्रसित हुन थालेका छन् । केही समयतादेखि चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालमा चोरीका घटनामा वृद्धि भएको स्थानीयको भनाई छ । घरमा मानिस नभएको समयमा ताल्चा काटेर, झयालबाट छिरेर, ग्रीलसमेत निकोर चारी हुने गरेको सुडाल जितपुरका स्थानीय राजेश खड्काले बताए । परिवारका सदस्यहरु काममा जादाँ र साना बालबालिका समेत विद्यालय गएको मौका पारेर चोरी हुने गरेको छ, खड्काले भने । गत माघ १० गते स्थानीय राजु खड्काको घरबाट नगद ४० हजार र तीन तोला आधा सुन चोरी भएको थियो । यहिँ फागुन ३ गते भक्त बहादुर स्याङतनको घरबाट चार तोला सुन चोरी भएको छ । सोमबार सोही स्थानका कृष्ण तामाङ्गको घरबाट नगद ५० हजार र पाँच तोला सुन चारी भएको छ । महानगरिय परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाइको भने ‘भक्तपुरका घरहरुमा मानिस नभएको समयमा दिउँस चोरी हुने गरेको छ ।’ प्रहरीले सुरक्षागस्ती बढाएको र शंकास्पद मानिसहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रसाइले बताए । भक्तपुरमा मोवाइल, पसल, काठ, मोटरसाइकल, ग्यास सिलिण्डर जस्ता चोरीका क्रियाकलाप हुने गरेको छ । गत साउन यता मात्र भक्तपुरमा ४३ मुद्धा दर्ता भएका छन् । पुरुष ६६ जना र एक जना महिला चोरी कार्यका संग्लन भएको आरोपमा पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।