केन्द्रीय समितिमा जाने सदस्यहरूको नाम छिट्टै सार्वजनिक हुन्छ :नेता गच्छदार

155

असोज १७,
मोरङ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले तत्कालिन लोकतान्त्रीक फोरम र नेपाली कांग्रेस बिच पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरूका नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति गच्छदारले गत हप्ता केन्द्रिय समितिबाट ११ जना केन्द्रिय सदस्य थप गर्ने निर्णय भईसकेकोले छिट्टै नाम सार्वजनिक हुने बताएका हुन् ।

साथै उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिँदै प्रेस लोकतन्त्रको गहना भएकाले यसको संकुचन गर्न नहुने तर्क गरेका थिए। उनले जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्नु नहुने धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। रासस